टीका सानु कृस्न कंडेल एकैसाथ छत्र साहीसीत दोहोरी घम्सा**घम्सीमा Tika Sanu Krishna Kandel Chhatra Sahi

समाचार

टीका सानु कृस्न कंडेल एकैसाथ छत्र साहीसीत दोहोरी घम्साघम्सीमा Tika Sanu Krishna Kandel Chhatra Sahi




याे समचार पनि पढ्नुहोस् र सेयर गराै

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखलगायत तीन जना उपसचिवस्तरका कार्यालय प्रमुखलाई पक्राउ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख सहसचिव डा.भीष्मकुमार भूसालको नै सरुवा भएको छ ।

आयोगका देशव्यापीरुपमा रहेका आठ वटै कार्यालयमध्ये स्टिङ अपरेसनमा कीर्तिमानी कायम गरेको बुटवलका कार्यालय प्रमुखको नौ महिनामै सरुवा गरेर नेपाल ट्रष्टको कार्यालयमा पुर्‍याइएको छ ।

आयोगको केन्द्रसहित मातहतका कार्यालयको टोलीले चालू आर्थिक वर्षको साउन महिनादेखि कात्तिकसम्म गरेका आठ वटा अपरेसनमा तीन जना कार्यालय प्रमुखसहित जनप्रतिनिधि र प्रहरीलाई नै पक्राउ गर्ने कार्यालय प्रमुखलाई नै थन्क्याउने ठाउँका रूपमा चित्रित ट्रस्टमा पुर्‍याइएपछि उत्कृष्ट काम गर्नेलाई प्रोत्साहित गरिन्छ कि निरुत्साहित ? भन्ने प्रश्न उठेको छ ।

वैदेशिक रोजगार विभागबाट २०७६ फागुन १४ गते आयोगको कार्यालय बुटवलमा हाजिर भएका डा. भूसालको २०७७ कार्तिक १८ गते ९ महिनामै ट्रस्टको कार्यालयमा सरुवा भएको हो ।

वैदेशिक रोजगार विभागमा रहँदा १० महिनाको अवधिमा विभागलाई अटोमेसनमा लैजानेदेखि कामदारहरूसँग कानुन विपरीत महँगो शुल्क लिने र अवैधरुपमा विदेश लैजाने विरुद्ध कडारुपमा उत्रेका भूसालले उल्लेख्य सुधारका काम गरेका थिए । कतिपय मै हुँ भन्ने नेता तथा म्यानपावर व्यवसायीको दबाबलाई टेरपुच्छर नलाएका उनले अख्तियारमा सरुवा भएपछि पनि कारबाहीलाई आक्रामकरुपमा अघि बढाएका थिए ।
वैदेशिक रोजगार विभागमा रहँदा १० महिनाको अवधिमा विभागलाई अटोमेसनमा लैजानेदेखि कामदारहरूसँग कानुन विपरीत महँगो शुल्क लिने र अवैधरुपमा विदेश लैजाने विरुद्ध कडारुपमा उत्रेका भूसालले उल्लेख्य सुधारका काम गरेका थिए । कतिपय मै हुँ भन्ने नेता तथा म्यानपावर व्यवसायीको दबाबलाई टेरपुच्छर नलाएका उनले अख्तियारमा सरुवा भएपछि पनि कारबाहीलाई आक्रामकरुपमा अघि बढाएका थिए ।

वैदेशिक रोजगार विभागका कर्मचारीलाई सदाचार र सत्य निष्ठा सम्बन्धी कार्यशाला सञ्चालनदेखि वैदेशिक रोजगारीका नाममा हुन सक्ने मानव बेचबिखन तथा ओसार प्रसार गर्ने कार्यलाई नियन्त्रण गर्न विभाग र प्रहरीबिच सम्झौता गर्ने, श्रमिकहरूको म्यादी जीवन बिमा अनलाइनबाटै भुक्तानी गर्ने प्रणालीसम्मको विकास गरेको भूसालले कामदार ठग्ने म्यानपावरलाई करोडौँसम्म जरिवाना गरेका थिए । त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहँदा पनि उनको कार्यसम्पादन उत्कृष्ट देखिएको थियो ।

साभार प्रसासनडटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *