Shadow

सडक अलपत्र छाड्ने ठेकेदारको फोटो बजारका चोक–चोकमा टाँसियो

जिल्लाको दक्षिणी क्षेत्रमा यतिबेला सडक अलपत्र छाड्ने ठेकेदारको फोटो चोक–चोकमा टाँसिएको छ । हुलाकी सडक निर्माण कार्यको म्याद सकिदा पनि काम अलपत्र छोडेको भन्दै स्थानीयले सडक अलपत्र छाड्ने ठेकेदारको फोटो बेलौरी बजारका चोक–चोकमा टाँसेका हुन् ।डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी सडक अहिलेसम्म कालोपत्रे भएको छैन । आर्थिक वर्ष २०७२÷७३ मा सो सडक निर्माण सुरु भएको थियो ।तर, दशैंपछि उक्त सडकको निर्माण कार्य ठप्प छ ।

‘दशैंपछि ठेकेदार देखिन पनि छाडेका छन्’ स्थानीय खडक शाहले भने, ‘काम गत वर्ष नै सक्नुपर्ने हो तर, थप गरिएको म्याद पनि सकिदा ठेकेदारलाई मतलब छैन ।’स्थानीयका अनुसार बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकमध्ये ४ किलोमिटर पनि काम भएको छैन । सोही रोष पोख्न उनीहरुले सडक निर्माणको ठेक्का पाएको बाबाहंश सिद्धी शाही प्रकाश कन्सट्रक्सनका सञ्चालक चक्रदीप शाही र उनका नजिकका पट्के ठेकेदारका फाटो सार्वजनिक स्थानमा टाँसेका हुन् ।यता हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले दशैंपछि निर्माण कम्पनी सडकको काममा नफर्र्किएको बताएका छन् ।

उनले गत मंसिरमा नै योजनाको म्याद सकिएकोमा थप म्याद नभएको समेत बताए ।यस्तै, बुधबार न्यूज २४ सम्वाददातासँगको टेलिफोन कुराकानीमा ठेकेदार प्रतिनिधि चक्रदिप शाहीले अलपत्र भनिएको काम यही मंसिर २७ गतेबाट निरन्तर रुपमा अगाडि बढ्ने बताए ।उनले ठेकेदार फरार भएको हल्ला झुठो भएको बताउँदै कोभिड–१९ संक्रमणका कारण काममा अवरोध सिर्जना भएको बताए ।अर्कोतर्फ केही सहयोगी एवं व्यापारीहरुले आफूले कामगरे वापतको भुक्तानी नदिएर ठेकेदार रातारात फरार भएको जिकिर गरिरहेका छन् । यस्तै केही समयअघि व्यवसायीहरुले आफूहरु फसेको भन्दै उक्त निर्माण कम्पनीका सम्पूर्ण सवारीसाधन जफत गररी इलाका प्रहरी कार्यालय बेलौरीमा समेत बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *