Shadow

Ramesh Prasai रमेश र नन्दाको बिवाह यसरी हुदै पहिलो रमेश नाचे | rameshi prasai

Ramesh Prasai रमेश र नन्दाको बिवाह यसरी हुदै पहिलो रमेश नाचे | rameshi prasai





याे समचार पनि पढ्नुहोस् र सेयर गराै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मध्यमार्गी धारमा रहेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पछिल्ला केहि दिनदेखि आफ्नो गुटमा कार्यकारी अध्यष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेताहरुलाई समेट्न थालेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहज हुने गरी उनले प्रचण्ड समूहका केही नेताहरुलाई समेटर मध्यमार्गी धारको नेतृत्व गर्न थालेका हुन् ।

स्थायी कमिटीको बैठकअघि बादलले प्रचण्ड समूहमा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेलसँग गम्भीर छलफल गरेका थिए । पार्टीमा प्रचण्डले पूर्व एमालेको केही समूह र नारायणकाजी श्रेष्ठलाई च्यापेर आफूहरुलाई पाखा लगाउन खोजेको बताउँदै आफूहरु संगठित भएर बस्नुपर्ने उनले बताएका थिए ।

‘पूर्व माओवादीमा संघर्ष गरेका नेताहरु भन्दा बाहिरका नेताहरुलाई च्यापेर पार्टीभित्र पेलिँदा मोहन वैद्यहरु छुट्टिएर जानु परेको तथा गोपाल किराँती र लोकेन्द्र विष्टहरुले पार्टी छोड्नु परेको दृष्टान्त दिँदै प्रचण्डको आफूलाई समर्थन नगर्ने नेताहरुलाई विस्तारै सफाया गर्ने पुरानो चरित्र र स्वाभाव रहेकाले त्यसका विरुद्ध आफूहरु अहिलेदेखि नै सजग हुनुपर्ने धारणा राखेका छन्’, बादलसँग भेटेका एक नेताले भने ।

थापा पूर्वमाओवादीका तर्फबाट नेतृत्व गरेर सरकारमा गएका हुन् । उनले प्रचण्ड पक्षीय नेताहरुसँग आफू सरकारमा रहेका कारणमात्र नैतिकताका आधारमा प्रधानमन्त्री ओलीतिर समर्थन जनाएको बताउँदै आएका थिए । निर्णायक बेलामा प्रचण्डसँगै रहने बताउने गरे पनि पछिल्लो पटक पूर्व माओवादीका नेताहरुले प्रचण्डको गतिविधिलाई सकारात्मक मानेका छैनन् ।

कात्तिक २८ गतेको बैठकमा प्रधानमन्त्रीले समय मागेपछि दिनुपर्ने धारणा राखेका बादलले त्यसयता पूर्व माओवादीका स्थायी कमिटी सदस्यहरुसँग निरन्तर छलफलमा सहभागी भएका छन् । प्रचण्डले बादल समूहका देव गुरुङ र पम्फा भुषाललाई आफनो पक्षमा बोल्न लगाइरहेका बेला बादलले प्रचण्ड पक्षका स्थायी कमिटी सदस्यहरुसँग निरन्तर छलफल गरेपछि प्रचण्ड झस्केका छन् ।

हरिबोल गजुरेलले प्रचण्ड र माधव नेपालको गठबन्धन उपयुक्त नभएको बताउँदै आएका छन् । यसले गर्दा प्रचण्डलाई निरन्तर घाटा भइरहेको छ । त्यसले गर्दा पनि अबका बैठकमा प्रचण्डले आफ्नो तर्फबाट लचकता अपनाउनसक्ने आँकलन गरिएको छ ।

तर माधव नेपाल र झलनाथ खनालको बलियो साथ रहेकाले प्रचण्डले सिधै ओलीसँग गएर मिलिहाल्ने अवस्था पनि नभएको स्रोतले जनाएको छ ।

‘प्रचण्डलाई नै मनाउनुपर्छ बादललाई आफ्नो ट्रयाकमा ल्याएपछि विवाद मिल्छ’, ओली समूहका एक नेताले भने । ती नेताका अनुसार पूर्व माओवादीहरुको भर कुनै पनि बेला टुट्न सक्ने भएकाले बादललाई प्रचण्डको विकल्पमा उभ्याइयो भने दुवै पक्ष आफ्नो साथमा रहने ओली पक्षको बुझाई रहेको छ ।

गएको सचिवालय बैठकमा बादलले मध्यमार्गी बाटो भन्दै एकीकृत दस्तावेज ल्याउनु पर्ने बताएका थिए । सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पनि समर्थन जनाएको भएपनि प्रचण्ड पक्ष असहमत रहेपछि स्थायी कमिटी बैठकको शुरुवात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *