Shadow

रमेश प्रसाई दाईको बिहेमा गएर छम छम नाच्ने हो भन्दै -बिहान ७ बजे उडिन कल्पना दाहाल

रमेश प्रसाई दाईको बिहेमा गएर छम छम नाच्ने हो भन्दै -बिहान ७ बजे उडिन कल्पना दाहाल



याे समचार पनि पढ्नुहोस्

सत्ताशक्ति दुरुपयोगले कांग्रेस सडक आन्दोलनमा

चुनाव प्रचारका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टले जिते अधिनायकवाद आउने भनेका थिए । तर ओली सरकार बनेपछि कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको र सरकारसँग घाँटी जोडेको आरोप लाग्यो । तर सरकारले हालै गरेको सामान्य त्रुटिका कारण कांग्रेस समेत सरकारबाट टाढिएको छ ।

पुलको उद्घाटन गर्न तनहुँ पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेपछि प्रतिपक्ष आक्रोशित बनेको छ । प्रधानमन्त्री ओलीनिकट नेकपा सांसद किसान श्रेष्ठले प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत राज्यशक्तिको दुरुपयोग गर्दै नेता पौडेललाई पक्राउ गर्न लगाएको कांग्रेसको आरोप छ । तनहुँमा सिर्जित विवादपछि कांग्रेस सरकारसँग टाढिएको छ ।

नेता पौडेल पक्राउपछि आक्रोशित भएको कांग्रेसले तत्कालै देशका विभिन्न क्षेत्रमा प्रदर्शन गरेको थियो । त्यसपछि कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक बसेर सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरिसकेको छ ।

जनस्तरको असन्तुष्टिमा राजावादीको सक्रियता

नेकपाभित्र विवाद बढेको र जनस्तरमा सरकारप्रति असन्तुष्टि बढेका बेला राजतन्त्र र हिन्दूराष्ट्रका पक्षधर राजावादीहरू सक्रिय भएका छन् । राजावादीहरूले देशका प्रमुख शहरहरूमा चरणवद्ध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा राम्रै सहभागिता देखिइरहेको छ, जसलाई गणतन्त्रवादीहरूले चिन्ताको रूपमा लिएका छन् ।

नेकपाको आईतबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले अध्यक्षद्वय ओली–प्रचण्डलाई यसैबारे निवेदन दिएका छन् । ‘विशेष प्रस्तावमा तत्काल छलफल गर्नेबारे’ पेश गरिएको निवेदनमा राजावादीको प्रदर्शनलाई गृह प्रशासनको संरक्षण रहेको सुनिएको उल्लेख छ । यसरी नेकपाको बैठकमा नेकपाकै सरकार शंकाको घेरामा परेको छ ।

ओली सरकारले राजावादी उत्साहित हुने काम गरेको गम्भीर आरोप समेत लगाइएको छ । ‘यसबीचमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट उत्साहित गणतन्त्र विरोधीहरू आज खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उत्रिएका छन्,’ शर्माले निवेदनमा भनेका छन्, ‘नेकपाको सरकार र गृह प्रशासनले यस्ता क्रियाकलापको रक्षा गरिरहेको छ भन्ने जनआवाज सुनिन थालेको छ । बरु गणतन्त्र लोकतन्त्रको पक्षमा लडेका नेताहरूमा दमन गर्ने र गणतन्त्र विरोधीप्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ ।’ घुमाउरो तरिकाले राजावादीलाई सरकारले नै सघाएको आरोप पार्टी बैठकमै पेश हुनु ओली सरकारका लागि सुखद होइन ।

यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन् । बैठकको एजेन्डाबारे स्पष्ट उल्लेख नभए पनि राजावादीको प्रदर्शन केन्द्रित रहेको सार्वजनिक भएको छ । राजावादीको प्रदर्शनलाई सर्वदलीय बैठकले कसरी हेर्ला ? यसको समाधान कसरी निकाल्ला ? हेर्न बाँकी छ । सँगसँगै प्रधानमन्त्री ओलीविरुद्धको घेराबन्दीको निकास समेत स्पष्ट छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *