Shadow

सिंहदरबारमा सपनाको ग्राण्ड इन्ट्री महिलाबालबालिका मन्त्रीलाईनै रयाकरयाक्त्ती बनाएपछि बोल्नसम्म सकेनन

सिंहदरबारमा सपनाको ग्राण्ड इन्ट्री महिलाबालबालिका मन्त्रीलाईनै रयाकरयाक्त्ती बनाएपछि बोल्नसम्म सकेनन



याे समचार पनि पढ्नुहोस्

चालु आर्थिक वर्षमा मात्र २१ जना कर्मचारी पहुँचको भरमा भर्ना भएका छन् । यसले गर्दा नगरपालिकामा प्रशासनिक र विकास निर्माणको कामले गति लिन सकेको छैन ।
मंसिर १२ गते नारायण नगरपालिका र मानसिक स्वास्थ्य परामर्श केन्द्रको साझेदारीमा एकजना सामुदायिक मनोसामाजिक संयोजक र ८ जना सामुदायिक मनोसामाजिक विमर्शकर्ताको विज्ञापन गरियो । उक्त पदमा नगरप्रमुख रत्नबहादुर खड्काकी भतिजी सरगम खड्का र बुहारी शर्मिला आरसी छनोट भए ।

प्रतिनिधिसभा सदस्य रविन्द्र शर्माकी बुहारी सम्झना खत्री र नजिककै नातेदार ज्ञानकुमारी थापाले पनि जागिर पाए । कार्यपालिका सदस्य विष्णु शर्मा पनि छोरी बालकुमारी शर्मालाई जागिर खुवाउन सफल भइन् । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममा १ नम्बर वडाका वडाध्यक्ष तीर्थनारायण श्रेष्ठकी छोरी शान्ति श्रेष्ठ छनोट भइन् ।

नगरपालिकाले यसअघि ९ सामुदायिक विद्यालयमा स्टाफ नर्स राख्दा पनि जनप्रतिनिधि र कर्मचारीका आफन्तले मौका पाएका थिए । जनप्रतिनिधिका आफन्तलाई उत्तीर्ण बनाउन परीक्षा हलमा सिकाउने र प्रश्न खाली छोड्न लगाइ जाँच गर्ने बेला आफैं टिक लगाउने गरिएको असन्तुष्ट परीक्षार्थीको आरोप छ । उतिबेला शिक्षा शाखा प्रमुख हिमालयजंग शाहकी छोरी चारुमती शाह छनोट भएकी थिइन् । ‍सुरुमा दुवै छोरीको नाम निकालेका उनले विरोध हुन्छ भन्दै अर्की छोरीको नाम अन्तिम अवस्थामा कटाएका थिए ।

कर्मचारी र जनप्रतिनिधिका आफन्तलाई जागिर खुवाउने नाममा वर्षेनि बजेट दुरुपयोग भइरहेको स्थानीयबासीको आरोप छ । पछिल्लो समय परीक्षा निष्पक्ष नभएको भन्दै जनप्रतिनिधिले नै विरोध गर्न थालेका छन् । नगरपालिकाले आह्वान गरेका ३ वटा विज्ञापन निष्पक्ष नभएको वडा सदस्य रमेश केसीले बताए ।

‘गरिब, निमुखा र दलित–जनजातीले कुनै मौका पाएनन्,’ उनले भने,‘जाँचमा खटिएका कर्मचारीले नै पास/फेल गराउने जिम्मा लिएपछि हामीले प्रश्‍न गर्ने ठाउँ नै भएन ।’ उनले यसअघि पनि कार्यालय सहयोगी राख्ने नाममा माथिल्ला तहका जनप्रतिनिधिले आफ्ना कार्यकर्ता र आफन्तलाई मात्र जागिर खुवाएको बताए ।

नगरपालिका आठ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ । पदपूर्ति समितिका संयोजक तथा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर वुढाले आफ्ना मान्छे छनोट नहुँदा असन्तुष्ट पक्षले जथाभाबी हल्ला गरेको बताए । ‘प्रमाण पेश गरे फेरि परीक्षा गराउन तयार छौं,’ उनले भने,‘अहिलेसम्म भएका सबै कर्मचारी छनोटको काम प्रक्रिया पुर्‍याएरै गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *