Shadow

बिहेको दिन रमेश प्रसाईलाई हेर्नुहोस्… जीवन साथीसँग रमेशको रमाइलो ठट्टा , रमेशले आफैले पढे मन्त्र

बिहेको दिन रमेश प्रसाईलाई हेर्नुहोस्… जीवन साथीसँग रमेशको रमाइलो ठट्टा , रमेशले आफैले पढे मन्त्र




याे पनि पढ्नुहोस् र सेयर गराै

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा हत्तपत्त बैठकमा बोल्दैनन् । उनको प्रष्ट सिद्धान्त छ, ‘आवश्यकतामा नेतृत्वलाई सहयोग गर्नुपर्छ ।’

नेकपाभित्रको विवादमा अध्यक्ष केपी ओलीलाई संकट पर्दा उनले सहयोग गरिरहेका छन् । ‘एक व्यक्ति एक पद’को माग राख्दै प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने कुरा उठ्दा उनले घेराबन्दीमा पारेर नेतृत्वलाई अप्ठ्यारोमा पार्न नहुने मत पार्टीको सचिवालयमा बैठकमा राखेका थिए ।

नेकपा विवादमा उनको स्पष्ट मत छ, ‘पार्टी विभाजनको अवस्थामा खुल्नुपरे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई र सरकारबारे निर्णय लिनुपर्ने अवस्थामा ओलीलाई साथ ।’

शनिबार बसेको सचिवालय बैठकमा गृहमन्त्रीसमेत रहेका बादलले संयुक्त प्रस्ताव बनाउनका लागि कार्यदल गठन गर्ने प्रस्ताव अघि सारेका थिए ।

‘दुवै अध्यक्षको एक अर्काप्रतिको धारणा आइसकेको अवस्थामा त्यसकै सारअनुसार संयुक्त प्रस्ताव तयार गर्नु चाहिँ उत्तम विकल्प हुनेछ, त्यसका लागि संयुक्त प्रस्ताव बनाउन कार्यदल गठन गरौँ,’ बादलले बैठकमा भनेका थिए ।

स्थायी कमिटी बैठकमा प्रस्ताव नलाने रणनीति बनाएका अध्यक्ष ओलीलाई बल पुग्नेगरी बादलले यो प्रस्ताव अघि सारेका थिए । आफूलाई मद्दत पुग्ने गरी आएको प्रस्तावमा ओलीले सहमति नजाउने कुरै भएन ।

‘पार्टीमा बल प्रयोग गर्ने काम बन्द गरौँ । संयुक्त प्रस्तावका लागि कमरेड बामदेव गौतमको अध्यक्षतामा कार्यदल गठन गरेर अघि बढौँ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत् गर्दै एक सचिवालय सदस्यले भने ।

बादलको त्यस प्रस्तावमा सचिवालय सदस्य ईश्वर पोखरेल र महाचिव विष्णु पौडेलले समेत सहमति जनाएको थिए । ‘बैठकमा कार्यदलको कुरा आएको थियो, त्यसमा प्रधानमन्त्रीसमेत सहमत हुनुहुन्थ्यो । केही साथीहरूले समेत सहमति प्रदान गर्नुभएको थियो,’ सचिवालय सदस्य पौडेलले शिलापत्रसँग भने ।

तर, उपाध्यक्ष गौतमले कार्यदलको कुनै औचित्य नरहेको जवाफ बैठकमा दिए । ‘कार्यदलबाट अब कुनै निष्कर्ष आउँदैन, म यस्ता कार्यदलमा बस्दिनँ,’ गौतमले प्रधानमन्त्रीले कार्यदलको संयोजक बन्न गरेको प्रस्ताव इन्कार गरिदिए ।

उपाध्यक्ष गौतमको भनाइप्रति सहमित जनाउँदै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि कार्यदल बनाउने प्रस्तावको विपक्षमा उभिएका थिए ।

खनालले पार्टीभित्रको संकट निवारणका लागि पहिले बनाएको कार्यदलका निर्णय पनि लागू नभएको र अब पनि कार्यदल बनायो भने झन अलमल हुन बताएका थिए । ‘पहिला बनाएका कार्यादलले गरेका निर्णय कार्यान्वय भएका छैनन्, अब पनि कार्यदलको के काम ?’ उनले प्रश्न गरेका थिए ।

त्यस्तै, नेता नेपालले पनि खनालको भनाइमा समर्थन जनाएका थिए । उनले पनि अगाडि बनेका कार्यलदलेका सुझाव कार्यान्वयन नभएको अवस्थामा अब किन कार्यदल बनाउन भनेर प्रश्न गरेका थिए ।

नेकपाको सचिवालयमा पेस भएको प्रतिवेदन बैठकले टुंगो लगाउन नसकेपछि दुवै प्रतिवेदन स्थायी कमिटीमा पेस हुने भएको छ । आइतबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने सचिवालयको निर्णय छ । अध्यक्ष ओलीले उक्त बैठकमा उपस्थित हुने नहुनेबारे अझै अन्यौल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *