मालपाेत कार्यलय दमक झापामा घुस लिएकाे भिडियाे बाउँदा सि सि क्यामरा बन्द गरेर पत्रकारमाथि हात पात भयाे

समाचार

मालपाेत कार्यलय दमक झापामा घुस लिएकाे भिडियाे बाउँदा सि सि क्यामरा बन्द गरेर पत्रकारमाथि हात पात भयाे




याे समचार पनि पढ्नुहोस्

सुशासन कायम गर्न प्रधानमन्त्रीको सबैभन्दा बलियो संयन्त्र राष्ट्रिय सतर्कता केन्द्र हो, जुन यतिवेला सबैभन्दा कमजोर बनेको छ । केन्द्र दुई महिनादेखि सचिवविहीन छ । विगतमा नियमित अनुगमन गर्ने यो कार्यालयको अहिले कुनै गतिविधि नै छैन । प्रधानमन्त्री ओलीले नै चासो नदिँदा केन्द्र कमजोर बन्दै गएको कर्मचारीहरूको गुनासो छ ।

केन्द्र दुई महिनादेखि सचिवविहीन छ । सचिव नहुँदा सहसचिवले उजुरी छानबिन गर्ने र निर्देशन दिने आँट गर्दैनन् । अर्काेतर्फ अनुगमन तथा छानबिनका लागि बजेटसमेत कटौती भएका स्रोत बताउँछ । ‘बजेट नै नभएपछि कार्यालयका गतिविधि त्यसै सुस्ताएका छन्,’ केन्द्रका एक कर्मचारीले भने । यो प्रवृत्तिले शासन प्रक्रियामै ठूलो असर पर्छ : डा. विमल कोइराला, पूर्वमुख्यसचिव

प्रधानमन्त्री नियमित कार्यालय नजाँदा राज्य सञ्चालनमा ठूलो असर पर्छ । कार्यकारी प्रमुख नै कार्यालय नगएपछि अनुशासनहीनता बढ्छ । प्रधानमन्त्री नै नआएपछि मन्त्रीहरूमा पनि किन हामी जानुप¥यो भन्ने भावना आउँछ । राज्य सञ्चालनमा जुन किसिमको संवाद र सञ्चार हुनुपर्ने हो, त्यो हुन सक्दैन । यसले निर्णय प्रक्रियामा सुस्तता आउँछ । समग्रमा यस्तो प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पार्दछ ।

समन्वय, नीति निर्माणजस्ता विषय प्रधानमन्त्रीको जिम्मामा हुन्छन् । प्रधानमन्त्री नै कार्यालय नगएपछि यस्ता काममा अरूलाई चासो हुँदैन । मन्त्रीहरूको पनि सक्रियता घट्छ । प्रधानमन्त्रीलाई नै भेट्न गाह्रो भएपछि स्वाभाविक रूपमा सुस्तता आउने नै भयो, कर्मचारीको अनुशासनमा पनि कमी आउन सक्छ । त्यसको असर तल्लो तहसम्म परकाठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंह भन्छन्, ‘धुम्बाराही मात्रै होइन, सिंगो काठमाडौं सुरक्षित छ’

सत्तारुढ नेकपाले मंगलबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएको बैठक अन्तिम समयमा ‘सुरक्षा थ्रेट’ भन्दै प्रधानमन्त्रीनिवास बालुवाटार सारियो । तर, काठमाडौं प्रहरीले भने धुम्बाराही मात्रै होइन, सिंगो काठमाडौं पूर्ण सुरक्षित रहेको जनाएको छ । ‘सुरक्षाको कारण देखाएर नेकपाको सचिवालय बैठक धुम्बाराहीमा नबसेको भन्ने कुरा के हो ठ्याक्कै मलाई थाहा भएन । तर, नेकपाको पार्टी कार्यालयमा कुनै सुरक्षा जोखिम छैन,’ काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने, ‘सुरक्षा दिन हामी सक्षम छौँ । धुम्बाराही मात्र होइन, सिंगो काठमाडौं सुरक्षित छ ।’

मंगलबार बिहानै महासचिव विष्णु पौडेलले धुम्बाराहीमा तय भएको बैठक बालुवाटारमा बस्ने सूचना सचिवालयका नेताहरूलाई दिएका थिए । तर, अध्यक्ष प्रचण्डले पूर्वनिर्धारित कार्यक्रमअनुसार बैठक पार्टी कार्यालयमै बस्ने अडान लिए । त्यसको केहीबेरमा पौडेलले ‘सुरक्षा थ्रेट’का कारण बैठक बालुवाटारमै बस्ने जानकारी गराएका थिए । गृह मन्त्रालयको सिफारिस त्यस्तै रहेको उनको भनाइ थियो । शनिबार बसेको सचिवालयले मंगलबारको बैठक धुम्बाराहीमा गर्ने निर्णय गरेको थियो ।

सुरक्षा निकायले भने पार्टी कार्यालयमा बैठक नबस्नुका पछाडि दुई कारण हुन सक्ने अनुमान गरेको छ । पहिलो, स्वास्थ्य मापदण्ड पालनामा कठिनाइ हुने भएकाले । दोस्रो, खुला ठाउँ भएका कारण कार्यकर्ताबाट नाराबाजी हुन सक्ने भएकाले पनि प्रधानमन्त्री बालुवाटारबाट बाहिर निस्कन नचाहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *