Shadow

चिनिया रक्षामन्त्री नेपाल आएकै दिन,प्रधानमन्त्री KP Oliको टिकटक एकैदिनमा Verified, TikTok History

चिनिया रक्षामन्त्री नेपाल आएकै दिन,प्रधानमन्त्री KP Oliको टिकटक एकैदिनमा Verified, TikTok History




सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोल्नुभएको छ । उहाँले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोल्नुभएको हो । उहाँको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ ।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छलफल भएको बताउनुभयाे । ‘टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियो, तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ,’ थापाले भन्नुभयाे । प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ । याे समाचार तयार पारिसक्दासम्म उक्त भिडियोको भ्युज १ लाख ४५ हजार बढी पुगिसकेको छ । २ सय ३९ कमेन्ट, र १२ सय बढी लाइक र २ सय बढी सेयर पुगिसकेको छ ।

‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ।

याे समचार पनि पढ्नुहोस्

मंसीर २२ गते नायिका स्वेता खड्काको बिहे !

अभिनेत्री स्वेता खड्काले धनगढीका युवकसँग मंसीर २२ गते बिहे गर्दैछिन् । स्रोतका अनुसार नायिक स्वेताले धनगढीका युवक विजेन्द्र रावतसँग मंसीर २२ मा लगनगाँठो कस्दैछिन् । स्वेताले बिहे गर्न लागेका युवक धनगढीका विजेन्द्र रावत हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनका बुबाले धनगढीको फनपार्क सञ्चालन गर्दै आएका छन् । आफुभन्दा कम उमेरको युवकसँग बिहे गर्न लागेकी स्वेता र विजेन्द्रको परिवारले तयारी थालेका छन् । विजेन्द्रको बिहेका लागि उनका बुबा आमा काठमाण्डौं गईसकेका छन् । विजेन्द्र पनि काठमाण्डौंमै छन् । बिहे मंसीर २२ गते काठमाण्डौंमा बिहे हुने बताईएको छ । तर यस बारेमा स्वेता र विजेन्द्रका परिवारले बिहेको कुरा गोप्य राखेका छन् ।

दशैंको टीका लगाएका बेला विजेन्द्रसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे चर्चा चलेको थियो । तर स्वेताले सो कुरा नकार्दै आएकी थिईन् । विजेन्द्रकी आमाको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी थिईन् ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ । त्यसपछि उनको बिहेलाई लिएर चलचित्र क्षेत्रमा चर्चा चल्दै आएको थियो । तर अभिनेत्री स्वेताले भने त्यो बेला फैलिएको हल्ला गलत भएको प्रतिक्रिया दिएकी थिईन् ।

मंसीर २२ गते हुने विवाहका लागि विजेन्द्रको तर्फबाट निम्ता गरिएकाहरु काठमाण्डौं जाने क्रम सुरु भएको छ भने कतिपय जाने तयारीमा रहेका छन् । न्युज श्रोत सुदुरपत्र डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *