Shadow

६ वर्ष अघि देखि हराएकी आमा खोज्दै छोरी,भन्छिन् माइती नहुँदा धेरै पी’डा भयो(भिडियो हेर्नुस)

कपिलवस्तु जिल्ला पिप्राहा कि एक ४५ वर्षीय महिला करिब ६ वर्ष अघि घरबाट माइती जान्छु भनी हराएकि छिन । सम्पुर्ण ठाउँ खोजी गरिसकेको तर कहिँ कतै नभेटिए पछि आफुहरु मिडियामा आएको ती महिलाकी छोरिले बताएकी छिन ।

६ वर्ष अघि जेठ महिनामा आमा घरबाट हिडेको उनकी छोरिले बताएकी छिन । घरबाट हिडेपछी भने फोन सम्पर्क नभएको छोरिको भनाई छ । आफुहरुले प्रहरीमा समेत उजुरी दिएर खोजी गरेको भएता पनि कतै पत्ता नलागेको उनले बताईन ।

ती छोरिका अनुसार आमालाई केही सानोतिनो काम पर्दा पनि माइजुले बोलाउने गरेकोले त्यस दिन पनि माइजुले धानको बीउ राख्न भनी बोलाएको बताईन । मावलिमा केही पर्दा पनि आमालाई माइजुले सधै बोलाउने गरेको उनको भनाई छ ।

माइतमा बुहारिले बोलाएकी छ बीउ राख्न भनी उनी घरबाट हिडेको भनेर आफुहरुलाई स्थानिय देख्नेहरुले बताएको उनकि छोरिले बताएकी छिन । तर त्यसरी उता माइजुले बोलाएर गए पछि भने आमा फर्केर नआएको उनको भनाई छ ।

आफुहरुले पछि मात्र आमा हराएको थाहा पाएको उनले बताईन । आफुहरु सबै छोरी बिबाह गरि आ-आफ्नो घर गै सकेको र बाबा र भाइ पनि बिदेश मै रहेकोले घरमा आमा एक्लै बस्दै आएको छोरिले बताइन । आमा बस्दै आएको घरसगैँ जोडिएको घरमा हजुरआमा पनि बस्ने गरेको तर हजुरआमालाई पनि आमाले माइत बुहारिले बोलाएकी छे भनेर गएको उनको भनाई छ । उनकी हजुरआमाले भने बुहारी केही काम हुदाँ प्राय माइती गइरहने भएकोले त्यस दिन पनि त्यसरी नै गएको बताईन ।

आमा हराए पछि आफुले इन्डियामा रहेकी बहिनिलाई खबर गरे पछि भने आमा हराएको करिव १ महिना पछि बहिनिले इन्डियाबार आमाको मोबाइलमा फोन गर्दा केहिबेर सम्पर्क भएको र आमाले आफू अँध्यारो कुनामा रहेको र कहाँ छु भन्ने केही थाहा नभएकोले गर्दा आफुलाई लिन आउन भनी बहिनिलाई भनेको उनले बताईन । त्यति भनेर राखिएको फोन पुन सम्पर्क हुन नसकेको उनको बनाई छ । बहिनिले उक्त कुरा आफुहरुलाई भने पछि सबै तिर खोजी गर्दा पनि नभेटिएको उनले बताईन ।

उता माइजुलाई सोधपुछ गर्दा भने सोही दिन सबै काम सकेर करिव रातको १० बजे धनगढी जाने बसमा चढाएर पठाएको भने अरुलाई भनेको भन्ने कुरा आफुले सुनेको ती छोरिको भनाई छ । तर आफुहरुले सोध्दा भने माइजुले केही पनि नबताउने गरेको उनको भनाई छ ।

आमा हराए पछि बाबा र भाइ पनि आएर खोजी गरेको उनले बताईन । तर केही पत्ता नलागे पछि उहाहरु फेरि बिदेश नै फर्किएको उनले बताईन । अहिले आफू माइती आउदा पनि धेरै मन दुख्ने गरेको बताईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *