Shadow

दुखद खबर: बसले स्कुटरलाई ठ’क्कर दिँदा विद्यार्थी नेताको मृ’त्यु

तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका-१ भन्सारमा बसले स्कुटरलाई ठ’क्कर दिँदा मंगलबार अखिल क्रान्तिकारीका नेताको मृ’त्यु भएको छ।गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका-४ का२४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ।

बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा४५प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए।

मृ’तक देवकोटा अखिल क्रान्तिकारी पालुङटारको संयोजक थिए। दुर्घटनाको अनुसन्धानको लागि दुबै सवारी साधन र बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस(फाइल तस्बिर)

यो पनि : विद्यालय तहमा ३५ अंक ल्याए मात्रै पास हुने प्रावधान अघि सारिएको छ । सरकारले गठन गरेको एक अध्ययन कार्यदलले यस्तो सुझाव दिएको हो ।नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन अनुसार विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम आधार श्रेणी आन्तरिक वा प्रयोगात्मकमा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ प्रतिशत हुनेगरी अभ्यास गर्नुपर्छ ।

प्रतिवेदनमा भनिएको छ, ‘कक्षा ८, कक्षा १० र कक्षा १२ मा न्यूनतम ग्रेड पूरा गरेपछिमात्र मूल प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्नु उपयुक्त हुन्छ । बेन्चमार्क ३५ तोकिएपछि सोभन्दा कम सिकाइ उपलब्धि प्राप्त गर्नेहरूको ग्रेडसिटमा ‘कम्प्लिटेड’ भनेर उल्लेख नगर्नु उपयुक्त हुन्छ । जबसम्म विद्यार्थीले विषयगत रूपमा आन्तरिक वा प्रयोगात्मकतर्फ वा आवधिक वा सैद्धान्तिकतर्फ ‘डी’ग्रेड प्राप्त गरी समग्रमा ‘डी’ ग्रेड प्राप्त गर्न सक्दैनन् तबसम्म सो तह पूरा भएको नमानी मूल प्रमाणपत्र पनि उपलब्ध नगराउनु उपयुक्त हुन्छ ।’

‘मूल प्रमाण पत्र नलिइ देश तथा विदेशमा अध्ययन गर्न नसकिने र देशबाहिर गइ कसैले त्यसरी अध्ययन गरेमा समकक्षता प्रदान नगरिने व्यवस्था गर्नुपर्छ तर, रोजगारदाता संस्थाले रोजगारीका लागि उपयुक्त ठानेमा त्यसले बाधा नपार्ने व्यवस्था गर्नुपर्छ । मूल प्रमाणपत्र प्राप्त गर्न विद्यार्थीले एकपटक ग्रेड वृद्धि परीक्षामा र उक्त ग्रेड वृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसके अर्को वर्षको परीक्षामा सामेल हुन वासोही कक्षामा पुनः अध्ययन गर्न पाउने व्यवस्था गर्नुपर्छ, ‘प्रतिवेदनमा भनिएको छ ।

विद्यालयको आधारभूत तथा माध्यमिक तहमा अलग अलग अक्षराङ्कन पद्धतिको अभ्यास नगरी सबै तह र कक्षामा अक्षराङ्कन पद्धतिको एकरूपता कायम गर्न कार्यदलले सुझाव दिएको छ । प्रतिवेदनमा भनिएको छ,‘ मूल्याङ्कन पद्धति तथ्यपरक हुनुपर्छ जसले गर्दा विद्यार्थीको सिकाइ र उसको ग्रेडसिटमा उल्लिखित ग्रेड र त्यसको व्याख्यामा भिन्नता नआओस् । ग्रेडसिटमा हरेक विषयको प्राप्त ग्रेडमात्र उल्लेख गरिदिने नभई शिक्षकले आफ्ना विद्यार्थीका हरेक व्यवहार चिन्न सक्ने गरी व्यवहारकुशल सिपका बारेमा पनि उतार्ने गरी पाठ्यक्रम विकास केन्द्रले साझा मापदण्ड निर्धारण गरिदिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *