Shadow

जन्ती बोकेको जिप दु,र्घटना हुँदा ५ जनाको घ,टनास्थलमै मृ,त्यु, मृतकको नामावली सहित !

बैतडी : बैतडीमा जन्ती बोकेको जिप दु,र्घटना हुँदा मृ,त्यु हुनेको संख्या पाँच पुगेको छ ।बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दु,र्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

जिपमा सवार रहेका सातमध्ये पाँच जनाको घ,टनास्थलमै मृ,त्यु भएको छ भने दुई जना गम्भीर घा,इते भएका छन् । मृ,त्यु हुनेमा दशरथचन्द नगरपालिका- ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्की रहेको प्रवक्ता खड्काले बताए ।

दु,र्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेल्धुरका ४० बर्षीय दीपक माली गम्भीर घा,इते भएका छन् । उनीहरुलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ ।

आइतबार राति साढे आठ बजेतिर जिप दु,र्घटनामा परेको प्रहरीले जनाएको छ । दु,र्घटनाको कारण भने खुल्न सकेको छैन । जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *