Shadow

हेर्नुस् ! ६५ वर्षको बूढो उमेरमा विवाह गरिन्,अहिले श्रीमानले यतिसम्म गरेर छोडी हिडे (भिडियो हेर्नुस्)

बुढेसकालमा एक अर्काको साहारा हुन्छ भन्ने बिबाहित जोडिहरुको एउटा सोच हुने गर्दछ बिबाह गर्दा । तर बुढेसकालमा नै बिबाह गर्दा पनि एक महिला अहिले एक्लै भएकी छिन ।

बुटवलकि राममाया सुनुवारले करिव ६५ वर्षको उमेरमा साहारा हुन्छ भन्ने सोचले बिबाह गरिन । तर जो सगँ बुढेसकालमा साथै भैइन्छ भन्ने सोचले बिबाह गरिन उसैले बिबाह गरेको केही दिनमा नै छोडेर गए पछि उनी अहिले मिडियामा आएकी छिन । राममाया र कृष्णबहादुर दुबै उस्तै उस्तै उमेरका हुन ।

पहिलो श्रीमानसगँ करिव ३० वर्ष अघि छुट्टीएर बसेकी राममाया दिदिको घर तथा कहिले माइती तिर बस्दै आएकी थिइन । प्राय दिदिको घर ईन्डिया तिरै बस्दै आएकी राममाया दाजुभाईको घर आएको बेला कृष्णबहादुरसगँ चिनजान पछि दाजुभाइहरुकै सल्लाह अनुसार बिबाह गरिन ।

भुपु इन्डियन आर्मी रहेका कृष्णबहादुर सुनुवारको पनि पहिलो श्रीमती बितेर एक्लै थिए । दुबै जना उस्तै उस्तै भए पछि एक अर्काको सहारा हुन्छ भन्ने सोचले बिबाह उनिहरुको परिवारकै सल्लाह अनुसार भएको राममाया बताउँछिन ।

ईन्डिया कै देहरादुन घर भएका कृष्णबहादुर पनि आफ्नो दाजुभाइको घर नेपाल आएको बेला दुबैको परिवार बिच सहमति मै बिबाह भएको राममायाको भनाई छ । दाजुले नै सामान्य टिकाटालो गरेर पठाए पछि ४ दिन आफुहरु सगैँ बसेको उनले बताईन ।

४ दिन पछि पुन दाजुकै घरमा दुबै जना आए पछि कृष्णबहादुरले घर देहरादुन जाने भनी दुबै जनाको टिकट पनि ल्याएको राममाया बताउँछिन । बिबाह गरि पुन दाजुको घरमा अब देहरादुन जान भनी बिदा माग्न आफुहरु आएको उनले बताईन ।

त्यहाँ आएपछी इन्डिया जाने टिकट पनि कृष्णबहादुरले ल्याए । त्यसपछी भने आफू आफ्नो सामान लिएर आउछुँ भनी सल्लाह गरेर नै हिडेका अहिलेसम्म नफर्किएको राममायाको भनाई छ । गत असार ९ गते उनिहरुको बिबाह भएको थियो । १८ गते इन्डिया जाने टिकट उनिहरुको थियो तर सामान लिएर भोलि आउँछु भनी आफ्नो आफन्तको गएका कृष्णबहादुर असार १६ गतेबाट फरार भएको राममाया बताउँछिन । घरबाट हिडेको केहिदिनमा भने आफ्नो दाजुलाई फोन गरेर आफू ईन्डिया आइसकेको भनी जानकारी गराएको पनि उनले बताईन ।

उनी ईन्डिया पुगेको भने फोनमा बताए पछि भने अहिलेसम्म फोन पनि नलागेको राममायाको भनाई छ । बुटवल नै घर भएका कृष्णबहादुरका भाईले भने दाइ आउने भनी आफुहरुलाई बताए पनि अहिलेसम्म कुनै सम्पर्क नभएको उनले बताइन । आफुलाई देहरादुनको घर पनि थाहा नभएको उनको भनाई छ । तर देवरलाई भने घर थाहा भएको तर उनले भने दाइ आउनुहुन्छ भन्दै आफुहरुलाई टार्ने गरेको बताईन । करिव ३० वर्षसम्म एक्लै बसेको र बुढेसकालमा एकअर्काको सहारा हुन्छ कि भनेर बिबाह गरेको उनले बताईन ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *