Shadow

श्रीमतिको लुङ्गि पेटिकोट लगाएर भोकभोकै बस्दै ,श्रीमान बोक्ने श्रीमती (हेर्नुस् भिडियो )

आफुले लगाएको लुङ्गि म्याक्सि र पेटिकोट लगाइदिएर श्रीमानको शरीर ढाक्ने श्रीमतिको सबैलाई रुहाउने कथा ।जब लुगा किन्न फेर्नसम्म जब परिवार सक्दैन तब दुखमा डुब्नु र दुखलाईनै बानि बनाउनु बाहेक गरिबसग साचै नै केही बिकल्प नहुदो रहेछ ।

मिना कुवरको श्रीमान भिरबाट लडेर ढाड भाचियो ,घरमा खाने केही पनि छैन ,हप्तौसम्म एकछाक मात्रै खाएर चियाको भरमा दिन कटाएर आफ्नो छोराछोरी र श्रीमानलाई खुवाएर आफू भने भोकै बस्छिन् मिना ।

के गर्नु भाग्य यस्तै रहेछ मेरो श्रीमानको साथ मैले कहिले पाइन पहिले सधै पिटाइ खाएर पनि छोराछोरीको मुख हेरेर बसे अहिले श्रीमान यस्ता भए र उपचार गराउदा आफुसग भएका स-साना गरगहना पनि सकिए अहिले बिहान बेलुकाको छाक सम्म टार्न नसक्ने अवस्थामा आफू पुगेको उनी बताउँछिन् ।

गरिबलाई झन गरिबिको भुमरिमा देख्दै गर्दा जो कोहिको पनि मन रुन्छ । ओछ्यानमा थन्किएका आफ्ना श्रीमान जस्ले राम्रो उपचारसम्म पनि पाएनन् र घरको मुल खम्बा आफ्नो पिता र छोराछोरीको बुवा जस्को आशमा सारा परिवार बसेको हुन्छ उस्कै यस्तो हालत भैरहदा अहिले उक्त परिवार हदैसम्मको दुखबाट गुज्रिरहेकोछ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *