Shadow

८बर्षको छोरो पढाइदिन्छु भन्दै संस्थाले फ्रान्स लगेको १५बर्ष देखि बे’पत्ता|बुबाले रुदै गरे यस्तो अनुरोध( भिडियो)

भक्तपुरका सुवास स्यङ्गताङले आफ्नो ८ वर्षको छोरालाई फ्रान्सेली एक संस्थाले पढाईलेखाई फ्रान्स लगेर गराईदिने भने पछि त्यही संस्थाको जिम्मा लगाए ।

तर अहिले १७ वर्ष बितिसक्दा पनि छोराको कुनै खबर न आएपछी मिडिया मार्फत खोजी गर्न सकिन्छ कि भनेर आफू मिडियामा आएको बताएका छन । उक्त संस्था फ्रान्सेली एक वृद्ध दम्पतिले चलाएको सुवासले बताएका छन । तर अहिले भने उक्त संस्था पनि हटिसकेको उनको भनाई रहेको छ ।

२०६२ सालमा उनका छोरालाई उक्त संस्थामा पठाएको सुवास बताउँछन । पठाएको केही वर्ष सम्म उक्त संस्थाको अफिस नेपालमै हुदाँ त्यहाँबाट पठाएको उनको छोराको तस्वीर बहेक अहिले आफुसगँ केही नभएको उनले बताएका छन ।

अहिले आफुलाई उक्त संस्थाको नाम के थियो र त्यि संस्था चलाउने को थिए भन्ने पनि थाहा नभएको सुवासको भनाई छ । ०६२ सालमा ८ वर्षका उनका छोरा ७ वर्ष भन्दा मुनिकोलाई मात्र फ्रान्स पठाउन मिल्ने उक्त संस्थाले बताए पछि उनको कागजपत्र बनाउदा ७ वर्ष भनी खुलाइएको थियो ।

त्यहिबेलाको फोटो मात्र आफुसगँ भएको उनले बताए । त्यही अनुरुपले पाल्साङ्ग अहिले २४ वर्ष पुगिसकेकोले पनि त्यही फोटोबाट चिन्न मुस्किल पर्ने उनको भनाई छ तर आफुसगँ त्यो भन्दा अरु केही जानकारी नभएको उनले बताएका छन । छोरालाइ त्यहाँ पठाउँदा उक्त संस्थाले दिएको कागजपत्र पनि हराएको उनको भनाई छ । श्रीमतिले राखेको उक्त कागजपत्र श्रीमती पोइला गए पछि ती कागजपत्र पनि कता पुर्याइन आफुलाइ थाहा नभएको उनले बताए ।

तिनै कागजमा संस्थाको बारेमा केही जानकारी भए पनि आफुलाई भने थाहा नभएको उनको भनाई छ । त्यो बेला ललितपुरको पुल्चोकमा रहेको उक्त संस्था उनिहरु त्यो बेला बस्ने गरेको नजिकै भएको त्यसको बारेमा जानकारी भएर आफुले छोरालाई पठाएको उनले बताए । दिनरात ज्याला मजदुर गरेर खाने आफुले छोराछोरी पढाउन लेखाउन गार्‍हो परेकोले उक्त संस्थाले फ्रान लगएर पठाउने र केही वर्ष पछि पठाइदिने बताए पछि आफुले स्वीकार गरेको उनको भनाई छ ।

छोरा त्यहाँ पठाएको केही वर्ष उक्त संस्था त्यही रहेता पनि पछि आफुले बुझ्दा बालबालिका बेचबिखन गर्ने भन्ने आरोपमा उक्त संस्था बन्द गराएको आफुले बुझेको उनले बताए । त्यो बेला आफ्नो छोराहरु जस्तै त्यहाँ थुप्रै बालबालिका रहेको उनको भनाई छ । त्यसैले पनि आफुले त्यहाँ पठाएको उनले बताए । तर अहिले छोरा कहाँ छ भन्ने केही जानकारी नभएको उनले बताएका छन । उक्त संस्थाले पठाएको फोटोमा सुवासका छोरा पल्साङ्ग सहित अन्य थुप्रै बालबालिका त्यहाँ रहेको देख्न सकिन्छ । साथै उनिहरुलाई त्यहाँ लाने ती दुई फ्रान्सेली वृद्धहरु पनि देख्न सकिन्छ ।भिडियो हेर्नुस:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *