Shadow

रिण काडेर लिएको पैसा एम्बुलेन्स भाडा दिदा सकियो, आर्थिक अभाबले अस्पतालको सैयामा छटपटाईरहेका बालक

साथमा २० हजार लिएर छोराको उपचार गराउन हिडेकी खिन्ति पुन अहिले प्युठान अस्पतालको ५ नम्बर बेडमा छिन ।

खिन्तीले कहिदिन पहिले आफ्नो छोराको स्वास्थमा समस्या देखिएपछि रोल्पा सुलिचौरमा उपचार गराउन लगिन । त्यहा सन्चो नभएपछी ससोज ११ गते छोरा राजेस पुन लाई प्युठान अस्पतालमा ल्याईन । त्यहिदिन देखि छोरालाई अस्पतालमा भर्ना गरियो । प्युठान अस्पतालका बालरोग विशेषज्ञ डाक्टर सौरब श्रेष्ठका अनुसार बच्चालाई निमोनिया भएको र मुटुमा समेत समस्या बएको बताए ।

खिन्तिले गहभरी आँसु ल्याउदै गाउबाट रिण काडेर लिएको पैसा बच्चाको उपचार गराउदा र एम्बुलेन्स भाडा दिदा सकिएको बताउछिन । अहिले बच्चालाई आर्थिक अभाबका कारण डाक्टरले लेखेको औषधि समेत चलाउन सकिएको छैन ।

अस्पतालका डाक्टरले हामिलाई फोन गरिसकेपछी हामी अस्पतालमा पुग्यौ । गहभरी आँसु ल्याउदै बच्चाकि आमाले छोरालाई बचाईदिन भन्दै सहयोग अपिल गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *