Shadow

कामुक गजल भनेरै तन्नेरी र बुढाहरुमा जोश भरिइदिने युवती,टिकटकमा यती भाइरल भएपछि बल्ल मिडियामा आइन् (भिडियो हेर्नुस्)

सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ ।कतिले आफ्नो अभिनय,नृत्य,गायन लगायतका कुरा प्रस्तुत गरि निकै चर्चा कमाएको हामीले देखिसकेका छौँ ।त्यस्तै कामुक गजल भनेर निकै चर्चा कमाएकी व्यक्ति हुन् ममता लैलै ।

गुल्मीको छत्रकोट गाउँपालिका लुम्जा घर भएकी ममताको गाउँ निकै मनमोहक छ ।सुन्तलाले लटरम्म भएका बोट अनि सेतै देखिने हिमालले मन नै लोभ्याउने गरेको छ।सुरुसुरुमा पर्यटकलाई गाइड गर्ने गरेकी ममतालाई प्रकृतिको सुनदर्ता देखेरै गजल लेख्न प्रेरणा मिलेको उनी बताउछिन् ।

उनले शृङ्गारिक गजल लेख्ने भएको हुँदा गजलहरुले अर्कै अर्थ समेत दिने हामीले देख्दै आएका छौँ ।तर आफुले लेखेका गजलले अन्य अर्थ दिने गरि नलेखेको उनी बताउछिन् ।प्रख्यात गजलकार प्रकट पंगेनीबाट प्रभावित भएर आफुले शृङ्गारिक गजल लेखेको उनी बताउछिन् ।

महिलाहरुले कामुक गजल नलेखेको र आफुलाई त्यतै रस लागेपछि गजल लेखेको उनी बताउछिन् ।सुरुमा मृ त्यु सम्बन्धि लेख्ने गरेको उनी बताउछिन् ।साहित्य विधा त्यसमापनी गजल र मुक्तकमा आफ्नो छोप खोज्दै उनी अगाडि बढिरहेकी छिन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *