Shadow

प्रकाश सपुतले “बोल माया” गीत गाउँदा गाउँदै स्टेजमै भयो यस्तो (हेर्नुहोस् भिडियो)

(भिडियो अन्त्यमा छ)पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका छन् केही कलाकार । नेपाली साङ्गीतिक क्षेत्रमा अमूल्य र कर्णप्रिय गीतहरू एकपछि अर्को दिँदै आएका छन् यिनीहरूले ।

यस्तै गीतमा पर्छन्, ‘गलबन्दी च्यातियो तिम्ले तानेर’, ‘बोल माया’ र ‘बदला बरी लै !’लोकभाका मिश्रित यी गीतहरूका गायक हुन्, प्रकाश सपुत । सपुतका यी गीतले पछिल्लो समय नेपाली श्रोताको मन र मस्तिष्क दुवै हल्लाइरहेका छन् । हरेकजसो नेपालीका ओठमा यी गीत झन्डिएका छन् ।

धेरै मानिस आफ्ना सपनालाई मूर्त रूप दिन सारा जीवन समर्पित गर्छन् । जीवन बितेर जान्छ तर पनि कतिपय अवस्थामा सपना अधुरै रहन्छ ।सपुत भने यस मामलामा अपवाद सिद्ध भएका छन् । उनले छोटो अवधिमै आफ्नो सपनाको दुनियाँ अर्थात् साङ्गीतिक क्षेत्रमा हस्तक्षेपकारी उपस्थिति जनाए । उनले यसबाट नाम मात्र कमाएनन्, आर्थिक र सिर्जनात्मक रूपमा पनि उनी अहिले राम्रो अवस्थामा छन् । 

सङ्गीतको क्षेत्रमा उनी अहिले लोकप्रियताको शिखरमा छन् । कुनै बेला खान-लगाउनकै समस्या भएका र अभाव नै अभावमा जीवन विताएका सपुत अहिले काठमाडौंमा आफ्नै घरमा बस्छन् । यसको आसय उनको आर्थिक हैसियत पनि विचित्र ढंगले उठेको छ अहिले ।

तर, उनलाई यो सफलता सहज र स्वाभाविक ढंगले प्राप्त भएको भने होइन । यसका लागि उनले धेरै मिहिनेत गरेका छन् । धेरै सङ्घर्ष गरेका छन् । उनी जातीय विभेद, आर्थिक अभाव र सङ्गीतका क्षेत्रमा समानान्तर ढंगल सङ्घर्ष गर्दै अगाडि बढे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *