Shadow

कठै !एक हातले यसरी चटपटे बनाउछन् यी बुबा,डु ढे भनेर ठेला नै फाल्दिन आउँछन् मान्छे (भिडियो हेर्नुस्)

स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका ५१ वर्षीय उमाखर देवकोटाको एउटा हात छैन ।भारतको एउटा कारखानामा काम गर्दा उनको एउटा हात मेसिनमा पेलिएर गुमेको थियो ।अहिले उनी स्याङ्जामा ठेलामा चटपटे बेच्दै आएका छन् ।

देवकोटा कलिलै उमेरमा भारत काम गर्न गएका थिए र २२ वर्षको उमेरमा उनले हात गुमाएका थिए ।हात गुमेपछी उनले ४ वर्ष भारतमै काम गरे तर पछि नेपाल फर्किएर कृषि कार्य गर्न खोज्दा हातले नमिलेपछि उनले चटपटे बेचेर परिवार पाल्न थालेका हुन् ।

उमाखरले चटपटे बेच्दा कैयौंको गा लीपनी सुन्नु परेको छ ।हात नभएको मान्छे भनेर धेरैले गिज्याएका पनि छन् ।कतिपयले ठेला नै फालिदिने धम्की दिन्छन् ।तर जेजस्तो भएपनी आफ्नो पेट पाल्न सबैको गा ली सहेर उनी काम गरिरहेका छन् ।

सपनाहरु धेरै थिए उमाखरको तर हात नै नभएपछि अहिले उनका सबै सपनामा आ गो लागेको छ ।उनी अहिले चटपटे बेच्न आएनन् भने घरमा छोराछोरी र श्रीमती भोकै हुन्छन् ।त्यसैले पनि उनी नसकी नसकी चटपटे बनाउन आउने गर्दछन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *