अर्काको सिमाको र**क्षा गर्ने हामी गोर्खा’लीले इण्डियाबाट आफ्नो सिमाना किन जोगा’उन सकेनौं? Punya Prasai

समाचार

अर्काको सिमाको रक्षा गर्ने हामी गोर्खालीले इण्डियाबाट आफ्नो सिमाना किन जोगाउन सकेनौं? Punya Prasai




याे समचार पनि पढ्नुहोस्

करिब दुई मिटर अग्ला दुइटा पिलर । झन्डै ५० मिटर लामो फलामको लठ्ठा (डोरी) र फलामकै घिर्नीसहितको डिब्बा । कति खर्च लाग्ला ? हुम्लाको खार्पुनाथ गाउँपालिकाले पौने १५ लाख खर्च भएको देखाएको छ । खार्पुनाथ गाउँपालिका–५ स्थित याङचुको तुम्लिखमा कर्णाली नदी तर्न तुइन निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र याङचु बगरमा आवतजावत गर्न सहज बनाउन गत आर्थिक वर्षमा तुइन निर्माण गरिएको हो । यो तुइन निर्माणमा भने १४ लाख ७४ हजार ७१ रुपैयाँ खर्च भएको देखाइएको छ ।

गाउँपालिकाले तयार पारेको योजनाको विवरणअनुसार यो तुइन निर्माण गर्न सम्झौता भएको २३ दिनमै तुइन निर्माण भएको छ । योजना विवरणमा ५ पुस ०७६ मा तुइन निर्माणका लागि सम्झौता भएको छ र २८ पुसमा निर्माण सम्पन्न भएको उल्लेख गरिएको छ ।तीन सातामै निर्माण सम्पन्न भएको तुइनमा १४ लाख ७४ हजार ७१ रुपैयाँ खर्च भएको उल्लेख छ । स्थानीय बासिन्दाले तुइन निर्माणका नाममा गाउँपालिका पदाधिकारीले बजेट दुरुपयोग गरेको गुनासो गरेका छन् । तुइनको लठ्ठासमेत नयाँ नकिनेको उनीहरूको आरोप छ ।

‘दुई पिलर बनाउन र घिर्नीसहित डिब्बामै यति धेरै पैसा खर्च गरेको देखाएका छन् । लठ्ठासमेत किनेका छैनन्,’ तुइन निर्माणमा संलग्न एक स्थानीय बासिन्दाले भने । उनका अनुसार झोलुंगे पुल निर्माणका लागि आएको लठ्ठालाई नै तुइनमा प्रयोग गरिएको छ । यो तुइनमा जनप्रतिनिधि पनि गाउँपालिका केन्द्र जान ओहोरदोहार गर्छन् । यसबारे ६ पुस ०७५ मा नयाँ पत्रिकामा समाचार प्रकाशित भएको थियो । त्यसपछि सरकारले झोलुंगे पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो । त्यसपछि याङचुको तुम्लिख र बोक्चेगौडामा रहेको तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माणका लागि ठेक्का पनि दिइएको थियो ।

निर्माण कम्पनीले झोलुंगे पुलका लागि गत वर्ष आवश्यक सरसामान पनि ल्याएको छ । तर, लकडाउनका कारण लठ्ठा जोड्ने प्राविधिक नआउँदा काम हुन सकेको छैन । स्थानीय बासिन्दाले त्यही झोलुंगे पुलको लठ्ठा तुइनमा प्रयोग गरिएको बताएका हुन् ।तर, गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले नयाँ लठ्ठा ल्याएको बताए । उनले यसमा कति खर्च भयो भन्ने पनि यकिन भन्न सकेनन् । ‘सबै सरसामान ढुवानी गर्नुपर्ने भएकाले महँगो भएको हो, आठ–नौ लाखजति खर्च भएको छ,’ अध्यक्ष रावलले नयाँ पत्रिकासँग भने ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले पनि निर्माण सामान बाहिरबाट ल्याउँदा महँगो भएको प्रतिक्रिया दिए । ‘दुई ठाउँमा तुइन बनाएका हौँ, त्यसैले १४ लाख खर्च भएको हो,’ शाहीले भने, ‘तुम्लिखको तुइनमा १० लाख र बोक्चेगौडाको तुइनमा चार लाख गरी १४ लाख खर्च भएको हो ।’ उनले दुई स्थानमा तुइन निर्माण गरिएको बताए पनि गाउँपालिकाको योजना विवरणमा भने तुम्लिखमा मात्रै तुइन निर्माण भएको उल्लेख छ । दुवै स्थानमा तुइन बनाउँदा पनि यति खर्च नहुने प्राविधिकहरू बताउँछन् ।‘जति महँगो भए पनि बढीमा चार लाख खर्च हुन्छ,’ ती प्राविधिकले भने । नयाँपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *