Shadow

डर**लाग्दो दुर्घ**टना , अटो र मोटर साइकल एक आ’पसमा ठो’क्किँयो, यस्तो छ अबस्था

उदयपुरमा अटो र मोटर सा’इकल शुक्रबार दिउँसो ३ः१५ बजे एक आपसमा को’क्किदा ९ जना घा’इते भएका छन् ।




मदन भण्डारी राजमार्ग अन्तर्गत गा’ईघाट–चु’हाडे खण्ड स्थित गैहरुन कालिखोलामा गा’ईघाटबाट यात्रु बो’केर रा’जाबासतर्फ जाँदै गरेको प्र.नं.०२–०१–००१ ह ००३७ नम्बरको अटो र वि’परित दिशाबाट आउँदै गरेको स.७ प ५०६७ नम्बरको मोटरसाइकल एक आ’पसमा ठो’क्किदा ९ जना घा’इते भएका छन ।घा’इते हुनेहरुमा त्रियुगा नगरपालिका ८ बा’घ चौरीका ३५ वर्षिय लक्ष्मण राउत, सोही वडाको साही खोलाका ४० वर्षिया सिता बस्नेत, ४० वर्षिय ज्ञानु कार्की, ६५ वर्षिय हरि बुढाथोकी रहेका छन् ।

उनीहरुलाई विराटनगर रे’फर गरिएको छ । उनीहरुको हात, खुट्टा, आँखा, मुखमा चो’ट लागेको छ ।यस्तै त्रियुगा नगरपालिका ८ की ६० वर्षिया से’तीमाया विक, उनकी नातीनी ६ वर्षिय बालिका युना विक र त्रियुगा नगरपालिका १० का ६० वर्षिया म’तालिक वि.क. रहेका छन् । उनीहरुको अवस्था सा’मान्य रहेको छ । त्यस्तै मोटरसाईकल चालक त्रियुगा नगरपालिका ८ राजाबासका २७ वर्षिय राजेश चौधरी र पछाडि सवार श्रीमती २३ वर्षिया निशा चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम बहादुर खनालले जानकारी दिए ।

मोटर साइकल चालक राजेश चौधरीलाई थप उपचारको लागि विराटनगर रे’फर गरिएको ट्राफिक प्रमुख खनालले जानकारी दिए । अ’त्याधिक गतिले अटो दु’र्घटना भएको प्रहरीले जनाएको छ । अटो चालक सुरेन्द्र चौधरी फ’रार रहेकोले खो’जी का’र्य जा’री रहेको प्रहरीले जनाएको छ ।

याे समचार पनि पढ्नुहोस्

प्रचण्डसँग मनमुटावपछि नेतृत्व नयाँ पुस्तामा सार्न ओलीको तयारी
1 second अघि 0 Less than a minute
काठमाडौँ, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन ओलीले तयार पारेको प्रतिवेदनमा नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने उल्लेख रहेको स्रोतले बतायो।

दाहालले लगाएको आरोपको खण्डन गर्दै प्रतिवेदन तयार पारेका प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीको नेतृत्व लिन नयाँ पुस्ता सक्षम भइसकेकाले सहज ढंगले हस्तान्तरण गर्ने विषयलाई जोड दिएको उनी पक्षका एक नेताले बताए।

‘मुलुकको कार्यकारी प्रमुख तथा पार्टीका प्रथम अध्यक्ष भएकाले उहाँ (ओली) को जवाफ गैरराजनीतिक र गैरजिम्मेवार हुँदैन,’ ती नेताले भने, ‘देश र पार्टीको आजको आवश्यकता र भोलिको सही बाटो के हुने भन्ने दिशानिर्देश प्रतिवेदनले गर्नेछ।’

ओलीले सचिवालयमा प्रस्तुत गर्ने सो प्रतिवेदनबारे आफ्नो टिमका नेताहरूसँग लामो छलफल गरेका छन्। ती नेताका अनुसार फर्जी विषय उठान गरेर आरोप लगाउने कुरा छैन तर आरोपको खण्डन भने यथार्थपरक ढंगले हुन्छ। ‘पार्टी एकता कमजोर पार्ने र फुटलाई बढावा दिने हिसाबले प्रधानमन्त्री एवं प्रथम अध्यक्ष ओलीको प्रतिवेदन आउँदैन, समस्याको निकास दिनेगरी आउँछ तर खण्डन गर्दा कतिपय विषय तीतो यथार्थ पनि हुन सक्छन्,’ ती नेताले भने।

दाहालले व्यक्तिगत रूपमै आरोप लगाएपछि त्यसको खण्डन गर्नुपर्ने अवस्था आएको स्रोतको भनाइ छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *