Shadow

दोलखा भिमेश्वरमा पसिना आयो, पसिना लाने तयारी दोलखा भिमेश्वरमा पसिना को इतिहास Dolkha’s Bhimesn Temple

दोलखाको ऐतिहासिक भिमेश्वर मन्दिरमा पसिना आएको छ । बिहिबार बिहान ६ : ३० बजेको समयमा मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताउनुुभयो ।
मन्दिरका शिलामा पसिना देखएकाले पुजा गरिदै गरिएको स्थानीय विजजी प्रधानले बताउनुुभयो ।



भीमेश्वरको चट्टान शिलाको विभिन्न भागमा पानीको थोपा निस्कदै झर्ने क्रमलाई (पसिना) आएको मानिदै यस अघि देखी विश्वस गरिदै आएको छ । आज प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा , स्थानीय जनप्रतिनीधिसहितको टोलिले मन्दिरको अवलोकन गरेका छन् । बिहान करिब ७ बजेको समयमा स्थानीय सहितको टालीले मन्दिर स्थल पुगेका थिए ।

अवलोकन पश्चात पसिना आएको र त्यसलाई सफा कपासले पुच्छेर राखिएको र पहिलेको चलन अनुसार भक्तजन सहित उपस्थितहरुलाई सो कपास बाँड्ने काम गरिएको छ ।

साथै कपास राष्ट प्रमुखलाई बुझाउने परम्परा भएकाले सो कपास राष्ट प्रमुखलाई बुझाउनेको लागि चिठी लेखी सकेको र पठाउने तयारी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी सुर्दशन श्रेष्ठले जनता भ्वास्लाई जानकारी दिनुभयो । पसिना करिब बिहान पौने ६ देखी ८ बजे सम्म आएको थियो

याे समचार पनि पढ्नुहोस्

कृषक जागरण कृषि सहकारी संस्था मन्थलीमा गत भदौ २ गते लागेको ताला आज खुलेको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकार सहितको रोहवरमा आज सो ताला खुलेको हो ।

एमोनियम सल्फेट नामक मल दिन्छु भनि कृषकलाई युरियामल बेचेका लामाले मल बापत लिएको रकम भने एमोनियम सल्फेटकै रहेको थियो । प्रतिबोरा ८ सय ४६ रुपैयाँ पर्ने मल लामाले १ हजार ८ सय रुपैयाँका दरले बेच्दा कृषकहरुलाई ९ सय ५४ रुपैयाँ बढी तिर्नुपरेको थियो ।

विगत ३ महिना भन्दा बढी समयदेखि आफ्नो गोदाममा लागेको ताला खुल्दा लामाले काम गर्दा नजानेरै गल्ती भएको प्रतिक्रिया दिएका छन् । जनता भ्वाइससँग कुराकानी गर्दै लामा भन्छन्, ‘यो उमेरमा जेल बस्न त रहर थिएन । काम गर्दै जाँदा भएको कामजोरीको कारणले यस्तो भयो । सरकारले लगाएको कानुनको पालना गर्नै पर्यो । अब फेरि मल बेच्ने या नबेच्ने भन्ने मेरो कुरा हो ।

बढी मूल्य लिएर मल बेचेको आरोपमा लामालाई सोही दिन प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको थियो भने अनुसन्धानका क्रममा ७ दिन हिरासतमा राखी २ लाख रुपैयाँ धरैटीमा रिहा गरेको थियो । कृषकसँग मलबापत लिएको बढी मूल्य लामाले सम्बन्धित कृषकलाई नै फिर्ता गरिसकेकाले उनको गोदाममा लागेको ताल खुलेको जिल्ला प्रशासन कार्यालय स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *