Shadow

प्रहरीलाई ठूलो सफलता, १० घण्टामै बालकलाई भारतवाट सकुशल नेपाल ल्याए

नेपाल प्रहरीले एउटा घटनामा निकै ठूलो सफलता हासिल गरेको छ । अप हर णमा परेको १० घण्टामै १३ वर्षका बालकलाई सकुशल नेपाल ल्याएको छ ।

उनीहरुले बालकलाई भारत पुर्याएका थिए । सुनसरीको कोसी गाउँपालिका–७ स्थित हरिपुरका १० वर्षका बालकलाई भारतवाट सकुशल नेपाल ल्याएका हुन् । भारतीय नागरिकबाट अप ह रित १३ वर्षीय बालकलाई उद्धार गरी प्रहरीले नेपाल ल्याउन सफल भएको हो

प्रहरीको यो कामको निकै प्रशंसा भएको छ । हरिपुरका दिपेन सदालाई बिहबार दिउँसो बिहारको सुपौल जिल्ला, बदबदैपुर ग्राम पञ्चायत–६ बैरयाकमालका मुकुम मियाँको संलग्नतामा अ पर ह ण गरिएको थियो ।

नेपाल प्रहरीको टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर राति १ बजेर ५० मिनेटमा बैरयाकमलस्थित मुकुम मियाँको घरबाट उद्धार गरिएको थियो । उक्त स्थान भारत नेपालको सीमाबाट ३५ किलोमिटरको दूरीमा पर्छ ।

सदा बिहीबार अपरान्ह ३ बजे देखि हराएका थिए । उनलाई मियाँसहित आएका दुई जनाले मोटरसाइकलमा राखेर भारत लगेका थिए । नेपालबाट ज्याला मजदुरी गर्नेहरुलाई भारत लैजाने ठेकेदार समेत रहेका मुकुम मियाँले मजदुर ल्याइदिनू भनेर कोसी गाउपालिका– ७ हरिपुर बस्ने भुटन

सदालगायत ५ जनालाई अग्रिम २ लाख रुपैयाँ भुक्तानी दिए पनि कामदार नपठाएपछि पैसा असुल्लन उनैको गाउँका बालक अ प ह र ण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बालकलाई आमा र बुवाको जिम्मा लगाएको छ। थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *