Shadow

साम्राज्ञीले एउटा म्युजिक भिडियोकै लागि किन लिगिन् यति धेरै पैसा, सबै चकित

पछिल्लो समय कोरोनाका कारण निषेधाज्ञा भएपछि नेपाली चलचित्रको काम ठप्प भएको छ। गतबर्ष चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् । उनको लाइनअपमा केही चलचित्र भने छन् । उनले म्युजिक भिडियोमा काम गर्न खासै रुचि भने राखेकि छेनन्।

भिडियोको छायांकनमा कलाकारहरु व्यस्त हुँदा साम्राज्ञी भने यसबाट टाढै रहिन् । उनै, साम्राज्ञी सुटिङ सेटमा फर्किएकी छिन् । तर, यसपटक उनी चलचित्रको नभएर म्युजिक भिडियोको सेटमा फर्किएकी हुन् ।

उनले अभिनय गरेको भिडियो असोज २० गते काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारी गरिएको छ । भिडियोेलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

अस्मिता अधिकारी र विश्व नेपालीको स्वर रहेको गीतमा साम्राज्ञीले काम गरेकी हुन् । यो गीतको भिडियोको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको हो । साम्राज्ञी भिडियोमा काम गर्न पाउँदा उत्साहित देखिएकी छिन् ।

साथै उक्त म्युजिक भिडियोका लागि उनले महंगो पारिश्रमिक वुझेकी छिन् । साम्राज्ञीले ४ लाख हारहारीको पारिश्रमिक वुझेको विभिन्न श्रोतले जनाएका छन्। साम्राज्ञीले आफूलाई अफर आउने भिडियोमा गीत राम्रो हुनुपर्ने र ४ देखि ५ लाख पारिश्रमिक दिनुपर्ने बताउन थालेकी छिन् ।

पारिश्रमिक चित्तवुझ्दो र गीत राम्रो आएको खण्डमा मात्र काम गर्ने सोचमा साम्राज्ञी रहेकी छिन् । चलचित्रमा समेत निक्कै माग भएकी साम्राज्ञीको माग भिडियोमा पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *