Shadow

रामकुमारी झाँक्री रक्षा मन्त्री !

प्रधानमन्त्री शेरबहादुर देउवाले आजरभोलिभित्रै सरकारलाई पूर्णता दिने भएका छन् । मन्त्रालयको भागबण्डा टुँगो लागेसँगै प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने दलका नेताहरुसँग मन्त्रीको नाम मागेका छन् ।

अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल आन्तरिक छलफलमा जुटेका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले चार वटा मन्त्रालय र एक राज्यमन्त्री पाएको छ । अध्यक्ष नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

खतिवडा सहरी विकास मन्त्री बन्ने भएका हुन् । त्यस्तै, रामकुमारी झाँक्रीलाई रक्षा र मेटमणि चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाउने तयारी भएको छ । त्यस्तै, जीवनराम श्रेष्ठलाई युवा तथा खेकलुद र राज्यमन्त्री किसान श्रेष्ठलाई पठाउने करिब-करिब निश्चित् भएको एक नेताले जनाए ।

उता, सांसद मेटमणि चौधरीले आफूलाई पर्यटन मन्त्रालयको नेतृत्व दिने पार्टीभित्र सहमति भएको प्रतिक्रिया दिए । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा चौधरीले भने,‘पर्यटन मन्त्रालयमा मलाई पठाउने सहमति भएको छ ।

अध्यक्षज्यूले पनि यही भन्नुभएको छ ।’ यसअघि पर्यटन मन्त्रालयमा प्रेम आलेको नाम चर्चामा थियो । आलेलाई पर्यटनमन्त्री बनाउनको लागि अध्यक्ष नेपाल पनि सकारात्मक भएको समाचार थिए ।

कुन दललाई कुन मन्त्रालय (सुचीसहित)

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँड टुंगिएपछि घटनास्थापनाकै दिन सपथ हुने भएको छ । मन्त्रालय बाँडफाँड मिलेपछि दलहरु कस्लाई मन्त्री बनाउनेबारे आन्तरिक छलफलमा छन् ।

नेपाली काँग्रेसले गृह, परराष्ट्र, स्वास्थ्य, कानुन मन्त्रालय लिइसकेको छ । अब उसले थप मन्त्रालय लिएर कुल ६ मन्त्री बनाउने छ । राज्यमन्त्री समेत थप्ने काँग्रेसको तयारी छ ।

नेकपा माओवादी केन्द्रले अर्थ र ऊर्जा पाइसकेको छ । अब उसले थप ३ मन्त्रालय पाउनेछ । माओवादीले एक राज्यमन्त्री पनि पाउनेछ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ५(५ मन्त्रालय पाउनेछन् । दुवै दलले एक एक राज्यमन्त्री पनि पाउनेछन् ।

नेपाली काँग्रेस
प्रधानमन्त्री, गृह, परराष्ट्र, कानुन, स्वास्थ्य, सञ्चार, महिला

माओवादी
अर्थ, ऊर्जा, भूमि व्यवस्था, खानेपानी, कृषि

नेकपा (एस)
रक्षा, शहरी विकास, युवा, पर्यटन, उद्दोग

जसपा
भौतिक पूर्वाधार, शिक्षा, सामान्य प्रशासन, वन, श्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *