Shadow

दिल्लीमा आकाशे पुलमूनि अड्कियो जहाज, भिडिओ भयो भाइरल! (भिडियो हेर्नुहोस्)

भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सधैँ आकाशमा उडिरहेको वा रनवेमा गुडिरहेको देखिने जहाज आकाशे पुलमूनि अड्किएको देखेपछि धेरै मानिसले चासो देखाएका छन्।‌ भारतीय सञ्चारमाध्यमका अनुसार जहाज अड्किएको भिडिओ पत्रकार अशोक राजले केही दिनअघि आफ्नो ट्वीटरमा राखेका थिए।

उक्त भिडिओ ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सडकको भएको बताइएको छ। जहाजको आधा भाग पुलभन्दा अगाडि गएको छ भने पखेटा हुने ठाउँनिर पुलमूनि अड्किएको छ। जहाजमा पखेटा भने छैनन्। रातिको समयमा लिइएको भिडिओमा सडकमा गाडीहरू गुडिरहेको देखिन्छ।


भिडिओ सार्वजनिक भएर भाइरल बनेपछि एयर इन्डियाले उक्त जहाज आफूहरूले बेचिसकेको बताएको पत्रकार राजले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *