Shadow

धनुषामा निस्कियो भैंसी जुलुस, घाँटीमा छन् यस्ता प्लेकार्ड

धनुषाका आइतवार अनौठो जुलुस निस्केको छ । स्थानिय बासीन्दा घर घरवाट भैसी लिएर जुलुसमा निस्केका छन् ।

भैंसीको घाँटीमा प्लेकार्ड झुण्ड्याइएको छ । जसमा कर्मचारी र मेयर भनेर उल्लेख गरिएको छ । धनुषाको सबैला नगरपालिकामा सूचना माग गर्दै स्थानियले आइतवार यस्तो जुलुस निकालेका हुन् ।

सडकमा भैंसीको लस्कर निस्केपछि स्थानिय पनि छक्क परेका हेरेका थिए । स्थानिय तहमा हुने काम आर्थिक वर्षको बजेट र योजनाको बारेमा जानकारी माग गर्दा नदिएपछि आइतवार भैँसी जुलुस निकालिएको छ । संयुक्त संघर्ष समितिका पदाधिकारीले नगरप्रमुख विजयशंकर साहसँगै कर्मचारीलाई भैँसीको संज्ञा दिँदै जुलुस निकालेका हुन् ।

पालिकाले सूचना दिन आलटाल गरेको भन्दै उनीहरू रिले अनशनमा छन् । त्यसकै समर्थनमा १४औँ दिनमा भैँसी जुलुस निकालिएको समितिका संयोजक सुरेश यादवले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *