Shadow

बिनिताको जहाज चढ्ने सपना पूरा,गीत खेलेको पैसाले पढाईमा खर्च गर्ने(भिडियो हेर्नुस्)

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।

आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।

बुबा नेपाल आउदै छन् र बिनितापनी बुबालाई लिन काठमाडौ गएकी छिन् ।विनिताको अहिले पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।आफ्नै कथा र भोगाइ भएको गीतमा बिनिताले अभिनय गरेकी छिन् ।बुबा विदेशमा बि रामी भएको र यता घरमा आमाले छो डेर हिडेपछी भोगिएको दुखलाई गीतमा समेटिएको छ ।

बिनिता अहिले काठमाडौबाट आफ्नो घर गएकी छिन् ।उनले आफ्नो उक्त भिडियो हेरेपछि निकै भावुक भएकी थिइन् ।विभिन्न ठाँउबाट बिनितालाई आएको सहयोगले उनी स्कुल गएर पढ्नमा खर्च गर्ने बताएकि छिन् ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *