Shadow

बिदेशबाट नेपाल आएको ३ दिनमै मृत्यु, १३ लाख ऋण तिर्न वांकी, घरको विजोग, कठै ४ बर्षका छोरा किरिया गर्दै, (भिडियो हेर्नुहोस)

बिदेशबाट नेपाल आएको ३ दिनमै मृत्यु, १३ लाख ऋण तिर्न वांकी, घरको विजोग, कठै ४ बर्षका छोरा किरिया गर्दै, भिडियो

भिडियो हेर्नुहोस्

अर्को समचार पनि पढ्नुहोस्

हाम्रो समाज पितृसत्तात्मक छ । यहाँ पुरुषले नारीलाई विवाह गरेर ल्याउँछन् । समाजले दिएको यौन सम्बन्धको छुटको परिपक्व रूप विवाह हो । विवाह पुरुष र नारीको आपसी समझदारीमा निर्धारण हुन्छ ।

यो सम्बन्धले एउटा परिवार बन्छ र क्रमिक रूपमा समाजको संरचनाको निर्माण हुन्छ । पाश्चात्य देशमा विवाह गर्न र तोड्न धेरै समय लाग्दैन भने हाम्रो समाजमा त्यो चलन छैन । जसले सामाजिक सञ्जाल फराकिलो पाइन्छ ।

अहिले आएर पाश्चात्य देशको जस्तै वैवाहिक सम्बन्ध विभिन्न कारणले असमझदारी हुँदा सम्बन्ध आपसमा तोडिएका छन् । त्यो पनि शिक्षाका पहुँचका कारण महिलाले मानसिक यातना सहन नसकेर बाहिर आवाज उठाई आफ्नो सहजतामा बाँच्न चाहेर ल्याएका छन् भने कतिपय पुरुषले यस्ता कारणबीच सहज वातावरण सिर्जना गर्न नसक्दा सम्बन्धविच्छेदको परिस्थिति सिर्जना भएको छ । नारीका लागि यो स्थितिमा कानुन बलिया बने । जसअनुसार आफ्ना दबिएका पीडित आवाजलाई बुलन्द गरे ।

यो परिवर्तनलाई समाजको आवश्यकता नै ठान्नुपर्छ किनकि समाज सधै परिर्वतनगामी हुन्छ । पुराना कुरालाई नयाँ ज्ञान र सीपले प्रतिस्थापन गरिन्छ । यो विकासको अघि बढ्ने आधार हो । कुनै पनि मानिस शारीरिक रूपमा सबल हुनु ऊ मानसिक तवरले बलियो हुनुपर्छ । तबमात्र उसले दैनिक आफ्ना क्रियाकलापलाई सहज रूपले संचालन गर्न सक्छ । हामी नारी हौं, हामीलाई विवाह गरेर ल्याइन्छ ।

घरको कामकाज, इष्टमित्रको सौहार्द्रता, श्रीमान्को हेरचाह, बालबच्चाको लालनपालन हाम्रो दायित्व अवश्य हो र पुरुषले पैसा कमाउने र घरलाई व्यवस्थित गर्ने, तर नारी अब त्यतिमा मात्र सीमित छैनन्। पुरुष सरह जिम्मेवारी काँधमा बोकेर उनीहरू पनि आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *