Shadow

उत्तर कोरियाले किन गर्यो जापानको समुद्रमा मिसाइल प्रहार ? यस्तो छ कारण

उत्तर कोरियाले एकपटक फेरि जापानको समुद्रमा मिसाइल प्रहार गरेको बताइएको छ । उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । उसले पूर्वी सामुद्रिक तटीय क्षेत्रमा मंगलबार बिहानै क्षेप्यास्त्र प्रहार गरेको हो ।

दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आज बिहान कम्तीमा एउटा मिसाइल प्रहार गरेको दाबी गरेको हो । त्यो मिसाइल जापानको समुद्रमा गएर खसेको उसको दाबी छ ।

दक्षिण कोरियाले वार्ताका लागि आग्रह गरिरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि पुनः कोरियाली प्रायद्विपमा अशान्त बन्ने देखिएको छ । उत्तर कोरियाले दक्षिण कोरियासित वार्ताको इच्छा देखाएको भनिएको भोलिपल्ट यो खबर सार्वजनिक भएको हो ।

राष्ट्र संघको महासभामा उत्तर कोरियाली राजदूतले आत्मारक्षाका लागि हतियारको परीक्षण गर्न प्योङयाङको अधिकार कसैले नकार्न नमिल्ने बताएका थिए । सो लगत्तै उत्तरले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको हो ।

केही दिनअघि मात्र उत्तरले दक्षिणसँग वार्ता गरी शान्ति सम्झौता गर्न सकिने बताएको थियो । क्षेप्यास्त्र प्रहारको घटनालाई लिएर दक्षिण कोरियासहित अमेरिका र जापानले विरोध गरेका छन् । बीबीसीका अनुसार यसअघि यही महिनामा उत्तर कोरियाले जापानकै समुद्रमा नयाँ क्रुज र ब्यालिस्टिक मिसाइल पनि प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *