Shadow

मलेसियामा सेक्युरिटि गार्डमा कार्यरत पुर्ण सम्पर्क विहिन, खोजी गरिदिन साथीभाईको अपिल

मलेसियामा एक नेपाली सम्पर्क विहिन भएपछि खोजी गरिदिन मलेसियामा रहेका साथीभाईहरुले सवैमा अनुरोध गरेका छन ।

खोटाङ जिल्लाको केपिलास गाउँ पालिका सुङ्देल सात घर भई मलेसियाको प्लाटेनियम सेक्युरिटि पुचोगमा कार्यरत पुर्ण वहादुर राई कम्पनी सगं सम्पर्क विहिन भएपछि खोजीगरिदिन अनुरोध गरेका छन ।

थोरै मात्रामा मानसिक सन्तुलन गुमाएका जस्तो देखिएका राई मलेसियामा तीन वर्ष देखि कार्यरत रहेका थिए । राई कोठावाट साझँ ६ बजेतीर वाहिर निस्किएका थिए । राईलाई कसैले पनि देखेमा वा फेला पारेमा प्रकाश खरेललाई ०११३९९७५९२१, गणेश भटटराई लाई०१८७८३५८७६ खवर गरिदिन अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *