Shadow

अनिता खड्का निको भएर दशैमा घर जादैछिन , बास्तबिक कहानीमा बन्यो मन छुने दशैँ गित ( भिडियो

बिगत केहि वर्ष देखि अस्पतालको सैयामा आफ्नो जीवन बिताइरहेकि अनिता खड्का को स्वास्थमा अहिले भने केहि सुधार आयको छ।

देश बिदेशबाट आर्थिक सहयोग संकलन गरि अनिता खड्काको उपचार गरियको थियो। अनिता खड्काको भगवान रुपी श्रीमान विनोदको माया अनि ममता देखेर सारा दुनिया को आखा रसाएका थिय।

केहि समय अघि पनि अनिता खड्का र बिनोद खड्काको जिवनमा आधारित लोक गित बजारमा सार्बजनिक हुदा ३ करोड नेपालीका आखा रसाएका थिए। दशैँ नजिकिदै गर्दा फेरी पनि मन छुने गित सार्बजनिक भयको छ।

लोकप्रिय गायिका शान्ति श्री परियार , बिक्रम परियार र नारायण बिपी परियारको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार राजु महोत्रा को शब्द सिर्जनामा बहुप्रतिभाका धनि श्री कृष्ण अर्यालको लय संकलनमा अनिता खडका र बिनोद खड्काको बास्तबिक जीवनमा आधारित दशैँ गित बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ राजु महोत्राको निर्देशन रहेको छ भने प्रदिप कडेल र सुरज पाण्डेको छायांकन रहेको छ र बिकास ज्ञावालिको सम्पादन रहेको छ। उक्त भिडियो मा बिनोद खड्का , अनु खड्का , राधा खड्का , श्रीकृष्ण खड्का , लक्ष्मी खड्का , कल्पना खड्का , बिजय खड्का , अबिदा खड्का , आयन खड्का , आहाना खड्का ,भोज बहादुर जिसी , भगवाता जिसी , बिष्णु जिसी को अभिनय रहेको छ।

उक्त दशैँ गीतलाई अनिता खडका को आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। हेरेर सल्लाह सुझाब दिन नभुल्नुहोला र अनिता खड्का ज्युलाई स्वास्थ लाभको कामना गरौ।
भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *