Shadow

यस्ती छिन नायिका प्रियंका र आयुषमानकी छोरी आयन्का, छोरीलाई खेलाएको भिडियो सार्बजनिक (भिडियो सहीत)

अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । उनले बुधबार छोरीलाई जन्म दिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिईन । छोरीसँगको फोटो पोस्ट गर्दै उनले आफू आमा बनेको फेसबुक मार्फत् जानकारी दिएकी थिइन् ।

उनले फेसबुकमा सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । फोटोमा उनका श्रीमान् आयुष्मान देशराज जोशी पनि निकै खुशी देखिएका थिए । उनले यसअघि नै छोरीको नाम आयंका भनेर सार्वजनिक समेत गरेकी थिइन् ।

श्रीमान् आयुषमान र आफूले छोरीलाई काखमा लिएको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । उनले छोरीको नाम आयन्का कार्की जोशी राखिएको जानकारी पनि सामाजिक सञ्जाल मार्फत नै गरेकी थिईन् ।

छोरी आयन्का जम्एिपछि केवल फोटो सार्वजनिक गरेकी प्रियंकाले अहिले भने जन्मिएको ३ मात्र भएको छोरीलाई खेलाएको भिडियो पनि सार्वजनिक गरेकी छन् । छोरी आयंकाले भने जन्मिएको एक हप्ता नपुग्दै सामाजिक सञ्जालमा निकै ठूलो फ्यान बनाउन सफल भएकी छन् ।

अहिले जस्ले पनि आयंकाको तस्वीरलाई आफ्नो अफिसियल पेजमा नै शेयर गरेर लाईक र फलोअरस बढाई रहेका छन् । नायिका प्रियंकाले गर्भवती अवस्थामा खिचेका फोटो र भिडियोहरू सामाजिक सञ्जालमा सेयर गर्दा उनी बहसको नै विषय बन्न पुगेकी थिइन् । प्रियंका र आयुष्मान २०७६ साल फागुन १६ गते विवाह बन्धनमा बाँधिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *