Shadow

होटलमा तिन दिन सम्म एउटै कोठामा २ केटि १ केटा संगै सुते, संगै खाए तर एक्कासि यस्तो भएपछि…(भिडियो)

काठमाडौँ । बाँकेमा एउटा अनौठो घटना भएको छ । बांकेको ब्यस्त शहर पुष्पलाल चोक नजिकै रहेको एक होटलमा तीन जना बसेका थिए ।

जसमा दुई युवती र एक युवक थिए । उनीहरु ३ दिन देखि सो होटलमा बस्दै आएका थिए । तर तीन जना मध्य एक जनाको रहस्यम निधन भएको अवस्थामा फेला परेको छ । सानै उमेरमा उनीहरु होटल बुक गरेर किन बसे र घटना कसरी भयो भन्ने खुलेको छैन ।

होटलमा बस्न संगै आएका तीन जना संगै बसे, खाए र एउटै कोठामा रात विताए । जसमध्य एक १७ वर्षकी युवतीको रहस्यमय निधन भएको छ भने अन्य दुई जना अहिले सम्पर्क विहिन भएका छन् । सोनी परियारको रहस्यमय निधन भएको हो ।

उनी कोठामा झु ण्डि एको अवस्थामा फेला परेकी हुन् । अन्य एक युवती र एक युवक भने सम्पर्क विहिन भएका छन् । सोनीको ठूलो आमाले घटनाबारे जानकारी पाएपछि आफु घटनास्थलमा आएको बताइन् उनले सोनी किन र कहिले होटलमा को संग आइन् भन्ने आफुले थाहा नपाएको बताइन् ।

ठूली आमाले सोनीको श व भने आफुले नदेखेको बताइन् । उनले घटना रहस्यमय भन्दै अनुसन्धानको माग गरेकी छन् । भर्खर १६ वर्ष मात्र पुगेकी सोनी आफै त्यस्तो गरेकी होइनन् कसैले घटना गराएको हो उनले भनिन् । सोनीको आमा भारतमा छन् । आमा नआउँदै घटनास्थलवाट श व निकालेको भन्दै उनकी ठूली आमाले विरोध गरेकी छन् ।

होटल संचालकले उनीहरु तीन दिन देखि एउटै कोठामा बसेको बताएको ठूली आमाको भनाई छ । अरु दुई जना १२ वजे कोठा छोडेर हिँडे तर सोनी भने कोठामा गएको तर पछि होटलको काम गर्ने युवती उनको कोठामा जाँदा मृ त देखेको होटल संचालकले बताएको ठूली आमाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *