Shadow

धनगढीबाट एकाएक बे’पत्ता भएका भनिएका डीएसपी हाेटेलमा युव’तीसँग यस्ताे ह’ र्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगेपछि..





इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए। राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरियो। कैलाली प्रहरीमा हलचल मच्चियो भने प्रहरी अधिकृतहरु तनावमा परे।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राति नै टोली खटाइयो भने प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरियो।

तर, प्रहरी नायव उपरीक्षक चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका छन्। स्रोतका अनुसार उनी, ‘केटीसहित बिहान बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन्।

‘केटी लिएर बुढीतोला जानुभएको रहेछ, डिस्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नुभयो होला, यता सम्पर्कविहीन भएपछि खोजी हुन थाल्यो।’ स्रोतले दिएको जानकारीअनुसार उनी केटीसँगसहित रंगेहात समातिएका हुन्। प्रहरीले उक्त घट्नालाई लुकाउन खोजीका छन्।

यता, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले नायव उपरीक्षक चौधरी आज बिहान आफैँ सम्पर्कमा आएको बताएका छन्। युवतीसँग भेटिएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भइरहेको उनले बताए।

प्रहरी वरिष्ठ उपरीक्षक सिहंले भने,‘सम्पर्कविहीन भएपछि खोजी गरेका हौं, उहाँ नेटवर्क नभएको ठाउँमा जानुभएको रहेछ, सम्पर्कमा आइसक्नुभएको छ।’

उनका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भने पनि उनीसँग अन्य प्रहरी अधिकृत भने गएका थिएनन्। चौधरीलाई अहिले जिल्ला प्रहरीका कार्यालय कैलालीमा राखिएको छ। थाहा खबर

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लगानीको अवसर झन् बढेर गएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली देशमा लगानीका अवसर सिद्धिएको नभई झन् बढेर गएको बताएका हुन् । उनले देशभित्रै लगानी बढाउन उद्योगी तथा व्यसायीहरुलाई सुझाव समेत दिएका छन् ।

सरकार राष्ट्रिय पुँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पुँजीपतिहरुलाई सबल बनाउने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । राष्ट्रिय पुँजी, उद्यमी र पुँजीपतिहरुलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नुपर्ने बाध्यता भएको उनले बताए । देशमा पुँजी निर्माण गरी बह्य देशमा लगानी नगर्न उनले आग्रह गरे ।

अहिले पनि देशभित्र उपभोग हुने अधिकांश वस्तु आयात गर्नुपर्ने भएकाले त्यसलाई प्रतिस्थापन गर्न पनि उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न उनले व्यवसायीहरुलाई आग्रह गरे । नेपालका सबै उद्योग व्यवसाय, सेवा क्षेत्र, कृषि, पर्यटन सबैलाई साथ सहयोग लिएर सहकार्य गर्न सरकार तयार भएको पनि प्रधानमन्त्री आलीले स्पष्ट पारे ।

कोभिडका कारण नागरिक, निजी क्षेत्र र सरकार सबैलाई कठिनाइ परेकोले मिलेर सामना गर्नुको विकल्प नरहेको ओलीले बताए ।

सरकार मनको गरिब नभइ आफ्नो क्षमता र गक्ष अनुसार उद्यमी व्यवसायीहरुलाई सघाएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले गक्षभन्दा एक कदम अगाडी बढेर सरकारले सहयोग गरेपनि बचत नभएका कारण त्यो थोरै हुने बताए । सबैपक्ष मिलेर एकसाथ नहिँडे अर्थतन्त्रलाई जोगाउन कठिन हुने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको समेत बताए । केही समूहले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको र उद्योगी व्यवसायीलाई विभाजित गर्‍यो भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूर्ण रहेको बताएका हुन् । त्यस्ता अभिव्यक्ति सुनेर द्विधामा नपर्न समेत निजी क्षेत्रलाई प्रधानमन्त्री ओलीले आग्रह गरे ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले भने कोरोनाका कारण अर्थतन्त्र र व्यवसायी दुःखमा भएको बताएका छन् । बजेटमा ल्याइएको सहुलियत कर्जाको कार्यविधि ढिलो आउँदा समेत उद्योग व्यवसायलाई निरन्तरता दिन कठिनाइ भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । उद्योग व्यवसायलाई निरन्तरता दिन पुँजीको अभाव भएकाले घोषणा भएका राहत प्याकेज छिटो उपलब्ध गराउन सरकारको ध्यान जानुपर्ने गोल्छाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *