Shadow

हलेसी मन्दिरलाई छोएर ॐ लेखि सेयर गर्नुहोस्,चिताएको काम पुरा हुनेछ !

चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ ।

जिल्लामा को’भिड–१९ को स’ङ्क्रमणदर घट्दै गएको तथा सक्रिय स’ङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आइतबार बसेको बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो ।

गत वैशाख १५ गतेदेखि बन्द मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पू’जाआजा गर्न मिल्ने गरी खुला गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो ।

म’हामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदै आएको नित्य÷नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी बन्द गरिएको थियो । बिहान र बेलुकाको नित्य÷नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो ।

ता’ला ल’गाएका अवस्थामा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तीर्थयात्रीले ढोका बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । भा’इरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउने उद्देश्यले हलेसी प्रवेशमा रो’क लगाइएको यो दोस्रोपटक भएको हलेसी विकास समितिले जनाएको छ

हलेसीसँगै जिल्लाका सबै मठमन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चलगायतमा दैनिकरूपमा गरिने नित्य÷नैनित्य पूजा, प्रार्थनासहित पूजा, प्रार्थना, भजनकीर्तन, कलशयात्रा, बलिपूजाजस्ता धार्मिक कार्य खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *