मलेसियामा कम्पनी छाडेर हिडेका दुई नेपालीलाई प्रह’रीमा उ’जुरी

समाचार

दिनेश खड्का खप्तडि/ क्वालालम्पुर/२८ भाद्र २०७८, सोमवार// मलेसियामा कम्पनी छाडेर हिडेका दुई नेपालीलाई त्यहाँको एक कम्पनीले प्रहरीमा उजुरी दर्ता गराएको छ । मलेसियाको रावाङमा रहेको जोली इम्पोट एक्पोट को एसडिएन विएचडि रावाङमा

कार्यरत कृष्ण वहादुर वम्जन र कृति चौधरीको नाममा रावाङ प्रहरीमा उजुरी दर्ता भएकोे छ । उनीहरु उक्त कम्पनीमा दुई वर्ष देखि कार्यरत रहेका थिए । दुवैजना सेक्टेम्वर ९ तारिख देखि कम्पनी सगं सम्पर्कमा नआएपछि प्रहरीमा रिपोर्ट गरिएको कम्पनीले जानकारी गराएको छ ।

कम्पनी श्रोतले दिएको जानकारी अनुसार वैधानिक हुदाहुदै भागेर अन्यन्त्र गएकाले कम्पनी छाड्नेहरु तथा कम्पनीलाई समेत अप्ठेरो पर्ने भएकाले प्रहरीमा उजुरी गरिएको वताउदै कम्पनीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *