Shadow

विवाह गरिदिने आमाबुवाको सपना अधुरै बनाएर अस्ताए प्रहरी इन्सपेक्टर बुढाथोकी, पुरै गाउँ शो’कमा डुब्यो

घरको जेठो छोरा । बुवाआमाको बुहारी ल्याउने ठूलो सपना थियो । विवाहको तयारी समेत सुरु भएको थियो । तर सबै सपना भताभुंग भयो । कोरोनाका कारण सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीन बुढाथोकी निधन भएसंग उनको परिवारको सबै सपना पनि अन्त्येष्टि भयो । आमा छोरा गुमाएको बज्रपात सहन नसकेर अर्ध मुर्छित अवस्थामा छन् ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का स्थानिय बासीन्दा बुढाथोकीको घरमा आमा बाबु र भाइ बहिनी छन् । ३३ वर्षिय अविवाहित बुढाथोकीलाई उनका काकाले अन्त्यष्टि गरे । २०६८ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका बुढाथोकीले संखुवासभा लगायत पूर्वका विभिन्न ठाउँमा कार्यरत थिए।

परिवारको मात्र होइन सारा गाउँको नै आशा रहेका बुढाथोकीको निधनले गाउँनै शोकमा डुबेको छ । बहिनीको समेत विवाह भइसकेका कारण घरमा सानो भाइ र आमा बुबा मात्रै छन् । तेह्रथुम घर भएपनि मोरङको टंकीसिनवरीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ३३ बर्षीय नविन बुढाथोकीको उपचारको क्रममा निधन भएको हो ।

उनको सोमवार राती करिब ११ बजेर तिर मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । ब्याड मिन्टन खेल्दा खेल्दै स्वास प्रश्वासमा समस्या भएपछि उनलाई कार्तिक २६ गते अस्पताल भर्ना गरिएको थियो । २७ गते बुढाथोकीलाई कोरोना पुष्टि भएको थियो ।

याे समचार पनि पढ्नुहोस्

काठमाडाै‌ं । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती समाचार प्रसारण संस्था बीबीसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएपछि उनको चर्चा एकाएक चुलिएको छ।

सपना पछिल्लो समय पशुपतिमा बेवारिसे शव जलाउने काम गर्थिन्। बीबीसीले मंगलबार सार्वजनिक गरेको सूचीमा उनको नाम विश्वको प्रभावशाली महिलामा समावेश भएको थियो।

परिचय नखुलेका बेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनको भनाई छ।

हालसम्म उनले सयभन्दा बढी बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छन्। उनी शवलाई हिन्दु परम्पराअनुसार आफै दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन्।

कुनै बेला सडकको खुला आकाशमुनि जीवन बिताएकी सपना सडकले नै समाजसेवामा आउन प्रेरित गरेको बताउँछिन्। उनीसँग तेजन खड्काले गरेको छोटो कुराकानी।

बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा पर्नुभयो, कस्तो अनुभव भइरहेको छ?

एकदमै खुसी लागेको छ। मैले सोचेको पनि थिईन्। विश्वका सय महिलामध्ये म पनि पर्न सफल भएछु। एकदमै उत्साहित छु। यो सम्पूर्ण टिमको सफलता हो। हामीले विगतदेखि गर्दै आएको कामको मूल्याङ्कन गरेर यो स्तरसम्म पुर्‍याउन सहयोग गरेको छ, बीबीसीले। यसका लागि धन्यवाद दिन चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *