MCC ले बनाएको संर*चना भत्का*उन ता*लिम प्राप्त सश*स्त्र दस्ता तयार, ता*लिबानी जस्तै ल*ड्न तयार (हेर्नुहोस भिडियो)

समाचार

MCC ले बनाएको संर*चना भत्का*उन ता*लिम प्राप्त सश*स्त्र दस्ता तयार, ता*लिबानी जस्तै ल*ड्न तयार (हेर्नुहोस भिडियो)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेपाल रेल्वे कम्पनी लिमिटेडले ज्यालादारीमा खटाइएको कर्मचारीहरुलाई हटाएको छ। नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका १५१ जना कर्मचारीलाई हटाइएको हो।

रेल सञ्चालन दिनानुदिन अनिश्चित बन्दै गएको अवस्थामा ज्यालामा भर्ना गरिएका कर्मचारीको काम नभएको भन्दै हटाइएको हो। नवनियुक्त महाप्रबन्धक निरञ्जन कुमार झाद्वारा हस्ताक्षरित एक सूचनामा भनिएको छ, ‘जयनगर–जनकपुरधाम रेल्वे कानूनी तथा प्राविधिक कारणले रेल सञ्चालको लागि केही समय लाग्छ

तर तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएको व्यक्तिहरु आफू खुशी हाजिरको आधारमा ज्याला रकम भुक्तानी गर्न नमिल्ने भएकोले हाजिर नगर्न सचेत गराइएको छ, साथै सूचनाको उल्लङ्घन गरी हाजिर गरे त्यसको जिम्मेवारी नेपाल रेल्वे कम्पनी लिमिटेडले नलिन आग्रह गर्दछ।’

केपी ओली नेतृत्वको सरकारले महाप्रबन्धकमा नियुक्त गरेका भट्टराईले रेल सञ्चालनमा नआउँदै रकम उठाएर कर्मचारी भर्ना गरेको आरोप छ। रेल चल्ने टुंगो नभएको अवस्थामा शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टिकरण सोधेको थियो। तर स्पष्टिकरणको जवाफ नदिइ भट्टराईले राजीनामा बुझाए।

उनले राजीनामा दिएपशचात नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालनिकट झालाई सरकारले रेल्वेको महाप्रबन्धकमा नियुक्त गरेका छन्।

२०७७ असोज ३ गते भारतबाट ल्याइएका दुईवटा रेल एक वर्षयता अलपत्र छन्। हाल त्रिपालमा छोपेर धनुषाको ईनर्वास्थित रेल्वे स्टेशनमा छोपेर राखिएको रेल कवाडी बन्ने अवस्थामा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *