आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर एक बालक अस्पताल पुगेपछि…विश्वभर बन्यो भाइरल

रोचक





साना बालबालिकाहरूको बानी ब्यहोरा ठुला मानिसहरु भन्दा धेरै फरक हुन्छ । उनीहरुको सोच्ने तरिका पनि फरक हुन्छ । साना बालबालिकाहरूको सोच्ने तरिका फरक हुने हुनाले बालबालिकाहरू साना(साना कुरामा दुखी हुने गर्छन् ।

त्यसैले उनीहरुलाइ फकाउनु उत्तम उपाय हुन्छ । यस्तै भारतका एक बालकको निकै चर्चा चलिरहेको छ ।अहिले सामाजिक सञ्जालमा बालक निकै भाइरल भइरहेका छन् । ती बालकको कामले धेरैलाई भावुक बनाएको छ । ती बालकले चल्ला बोकेर अस्पताल पुगेको विषय अहिले निकै चर्चा भइरहेको छ ।

ती बालक भारत मिजोरम राज्यका हुन् । ती बालकको साइकलले दुर्घटनाबस छिमेकीको कुखुराको एउटा चल्ला किचेपछी बालक निकै दुखी भए । इन्डिया टाइम्स डटकमका अनुसार बालकको साइकलले कुखुराको चल्ला किचेपछी बालक आफूसँग भएको पैसा र चल्ला बोकेर नजिकैको अस्पतालमा पुगे । यस विषय सामाजिक सञ्जालका पोस्ट भयो । पोस्ट भए लगत्तै फेसबुकमा हजारौले सेयर र सयौले प्रतिक्रिया जनाए । यो समाचार तयार पारी सक्दासम्म उक्त तस्वीर ८५ हजार शेयर भएको छ ।

याे पनि पढ्नुहोस्

अमेरिकामा एक कलेज विद्यार्थीले लामो समयसम्म हजुरआमाको घरको ग्यारेजलाई क’वाडीको थुप्रो सम्झिए । तर, एक दिन उनले यो ग्यारेज खोलेर हेर्दा उनको भाग्य खुल्यो । एरिगन नामका यी विद्यार्थीले एक ब्लगमा भनेअनुसार उनलाई २० वर्षदेखि लाग्थ्यो कि यो ग्यारेजभित्र क’वाडी मात्र छ । तर, जब उनले ग्यारेज खोलेर हेरे त्यहाँभित्र त्यो समयका सबैभन्दा लग्जरी स्पोर्ट कार थिए

हजुरआमाको कवाडी भनेर २० वर्षसम्म बेवास्ता गरे, एक दिन कपडा हटाएर हेर्दा…
एरिगनका अनुसार उनको घरमा २ ग्यारेज छन् । त्यसैले उनले पुरानो ग्यारेजतर्फ ध्यान दिएनन् । त्यो दिन थाहा छैन किन उनलाई त्यहाँ हेर्ने इच्छा भयो । जब उनले गेट खोले त्यहाँ कपडाले ढाकिएका २ कार देखिए । जब उनले कपडा हटाए उनको खुसीको ठेगान रहेन । त्यहाँ त्यतिबेलामा लेम्बोर्गिनी र फरारी कार थिए । एरिगनका अनुसार ग्यारेजमा १९८१ का ल्याम्बोर्गिनी र फरारी ३०८ कार थिए । यी कारहरुको मूल्य ४ लाख ३० हजार डलर (झण्डै ५ करोड नेपाली रुपैयाँ) थियो । यी कारलाई विगत २० वर्षदेखि प्रयोग गरिएको थिएन ।

ती कार उनका हजुरबुवाले किनेका थिए । उनका हजुरबुवाले यी कारलाई भाडामा चलाउन दिएर भाडा उठाउने व्यवसाय गर्ने सोचाइ बनाएको आफूले थाहा पाएको एरिगनले बताएका छन् । तर, यिनीहरुको महंगो बिमाका कारण उनको योजना असफल भएको थियो । तर, हजुरबुवाले त्यतिबेला कार किन बेचेनन् भन्ने आफूले पनि नबुझेको एरिगन बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *