बधाई , १९ वर्षकी बालिका बनिन् वडा सभापति

समाचार

दैलेखको दुल्लु नगरपालिकामा स्वास्तिकाकुमारी महत नाम गरेकी १९ वर्षकी किशोरी वडा सभापती बनेकी छिन् ।शुक्रवार भएको १४ औं अधिवेशनमा काङ्ग्रेसकि महत निर्विरोध वडा सभापतिमा चयन भएकी हुन् ।

नेपाली राजनीतिमा यति सानै उमरेमा अहिलेसम्म कोहि वडा सभापति बनेका थिएनन् ।स्वस्तिकालाई यसरी सभापति बनाएर काङ्ग्रेसले नेपाली राजनीतिमा नयाँ युगको थाल्नी गरेको जस्तो पनि देखिन्छ ।

अहिले वडा सभापति बनेकी स्वस्तिका दैलेखका स्व र्गीय नेता भुपेन्द्रजङ्ग महतकी छोरी हुन् ।भुपेन्द्रले आफ्नो बेलामा दैलेखका जनताको मन जित्ने काम गरेको र अहिले उनकी छोरी सभापति बन्दा यसले देशमा एउटा सकारात्मक संदेश दिएको दैलेखका जनताले बताए ।

यसरी सभापति बनेकी स्वस्तिकाले आफ्नो कार्यकालमा आफुले सक्ने जति राम्रो काम गर्ने र यो अवसरलाई यत्तिकै खेर जान नदिने बतएकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *