अन्तत गायिका विष्णु माझी बाहिर आउदै,यस्तो छ उनी बाहिर आउनुको कारण (भिडियो हेर्नुस्)

समाचार

चर्चित लोक गायिका विष्णु माझीको गीत हामी विरलैले नसुनेका होला ।

विभिन्न सुपर हिट लोक गीतमा आफ्नो आवाज दिदेकी विष्णु माझी वर्षौंदेखी हामी सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् ।उनक कर्णपृय आवाजको सबै नेपाली प्रशंसा गर्दछन् ।

गायिका माझीले सयौं लोक गीतमा आफ्नो स्वर दिएर गीतलाई अ मर तुल्याएकी छिन् ।उनले सालको पत टपरी हुने,चरी जेलैमा,पछौरी लेउ बैना,सिलाइ दिउला भोटो,आकाश जुनकै हो लगायतका गीत नेपालीको मनमा बस्न सफल भएका छन् ।

चर्चित कलाकार बिमल अधिकारीले विष्णु माझी कुनै बन्धनमा नरहेको बताएका छन् ।उनका अनुसार यदि विष्णु बन्धनमा रहेको भए उनी गीत गाउन स्टुडियोमा आउदा अन्य कलाकारलाई आफ्नो दुख पोख्नुपर्ने कुरा बताउँछन् ।बिमलका अनुसार विष्णु माझी चाहिने मान्छेसंग खुलेर बोल्ने गरेको तर बाहिर खुलेआम रुपमा चाहिँ हिड्न आफ्नै इच्छाले नचाहेको होला भन्ने आशंका पनि गरे ।

कलाकार बिमलले विष्णुसंग दर्जनौ गीतमा काम गरेको हुँदा विष्णु माझीललाई नचिन्ने मान्छेलाई मात्र उनी बन्धनमा छिन् जस्तो लाग्ने उनले बताए ।बिमल आफैंलाई विष्णुले बाहिर आएर गीत गाएको हेर्ने ठुलो रहर भएको र एकदिन उनी बाहिर आउनेमा आफू ढुक्क रहेको कुरा बताए ।

उनले गायिकालाई हेर्नू भन्दापनि सुन्नु पर्छ भन्ने कुरा पनि जोडे बिमलले विष्णु अब धेरै समयसम्म भित्र नबस्ने र बाहिर दर्शकमाझ आउनेमा कुनै शंका नरहेको कुरा विश्वासका साथ जिकिर गरे ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *