मलेसियामा दुबै डोज खोप लगाएका नागरिक लाई लागू भयो यस्तो नयाँ नियम।

समाचार

मलेसियामा कोरो’ना भा’इरस (को’भिड-१९) विरु’द्धको दुबै डोज खोप लगाएकाहरुले मलेसिया सरकारले तोकेको विशेष छुट पाउने भएका छ्न।

करिबकरिब ३ महिना अघिदेखि निरन्तर कडाइका साथ चलेको लक’डाउन (एमसिओ) अहिले आएर केहि खुकुलो पार्ने निर्णय गरेसंगै को’रोना विरु’द्धको दुबै डोज खोप लगाईसकेकाहरुको लागि विभिन्न आवश्यक माप’दण्ड सहितको छुट दिने निर्णय गरेको हो।

सरकारले जारी गर्ने फेज १ , फेज २ , फेज ३ , फेज ४ गरि चारवटा जुनसुकै अवस्थाको सुधार योजना ल्याएतापनि दुबै डोज खोप लगाईसकेकोहरुले अबदेखि रेष्टु’रेन्टमा बसेर एसओपी पालना गर्दै खाना खान पाउने भएका छ्न। बजार , पसल , सपिङ्गमलहरुमा प्रवेश गरि किनमेल गर्न पाउनेछ्न।

बाहिर हिलडुल गर्न पाउने , शारीरिक ब्यायाम , खेलकुद , साईकलिङ् लगायत गर्न पाउनेछ्न। त्यस्तै सैलुनमा कपाल कटाउन पाउने लगायतको सुविधा उपभोग गर्न पाउनेछ्न।

मलेसियामा बसोबास गर्ने वयष्क मानिसहरु मध्यको ५०% मानिसहरुले को’रोना वि’रुद्धको दुबै डोज खो’प लगाईसकेकाले एमसिओ खुकुलो बनाउदै यस्तो सुविधाहरु थपिएको हो। उक्त लक्ष्य पूरा गर्न अगस्ट महिनाको ३१ तारिखसम्म निर्धारण

गरिएको भएतापनि सरकारले सोचेको समयसिमा भन्दा पहिल्यै खोप वि’रुद्धको कार्यक्रम राम्रै प्रभावकारी भएकोले सरकारले नयाँ कार्यक्रम ल्याएको हो।

सरकारले यहाँ देशभित्र रहेको मानिसहरुलाई कोरो’नाबाट सुरक्षित राख्न बारम्बार निरन्तर लकडाउन गर्नुपरेको जनाइएको छ। मलेसियामा हाल दैनिक रुपमा झन्डै ५ लाख मानिसहरुले खोप लगाईरहेको जनाइएको छ, जुन कि यो विश्वमै उत्कृष्ट नमुना कार्य भएको बताइएको छ।

पछिल्लो समय मलेसियामा को’रोना विरु’द्धको खोपमा सरकारले स्वदेशीसंगै विदेशी कामदार नागरिकहरुसंग पनि कुनै किसिमको अनावश्यक भेदभाव नगरेको पाइएको छ।र सरकारले यहाँ रहेका सम्पुर्ण नागरिकलाई निर्धक्क भएर दुबै डोज खो’प लगाउन बारम्बार अनुरोध समेत गरिरहेको छ।

वैधानिक मात्रै हैन अवै’धानिक विदेशी नागरिकहरुले समेत सजिलै कोरोना विरु’द्धको खोप पाइरहेको जनाइएको छ।
खोप प्राप्त गर्न मोबाईल एप्स माई सेजाहतेरामा भ्या’क्सिनको लागि रेजि’ष्ट्रर गर्नुपर्ने हुन्छ, अथवा आफू बस्ने ठाउँ

नजिकै वाल्कइन् सुविधा सहितको भ्याक्सि’नेशन सेन्टर खुलेको भए त्यहीँ गएर भ्याक्सिन लगाउन मिल्ने जनाइएको छ। भ्या’क्सिन लगाउन जाँदा आफ्नो साथमा अनिवार्य रुपमा पुरानो/नयाँ पासपोर्ट अथवा पासपोर्टको फोटोकपी , वा सरकारले जारी गरेको प्रमाणपत्रको फोटोकपी हुनुपर्नेछ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *