अमेरिकनले लगेको छोरा ३५ बर्षदेखि सम्पर्क बिहिन, आमाबुबा रुदै छोरालाई खोज्दै (भिडियो सहित)

समाचार

अमेरिकनले लगेको छोरा ३५ बर्षदेखि सम्पर्क बिहिन, आमाबुबा रुदै छोरालाई खोज्दै (भिडियो सहित)

धादिङ जिल्लाको थाक्रे गाउपालिका वडा नं ५ बस्ने बागसिङ तामाङ जेठि तामाङ का छोरा सुर्य माताङ करिब ३५ बर्षदेखि सम्पर्क बिहिन बनेकाछन् । छोरा सुर्य तामाङलाई अमेरिकन डाक्टर जोडिले संगेै लगेर गएका थिए ।

बुवाआमाको भनाइ अनुसार आज भन्दा ३५ बर्ष अघाडि काठमाडौं कालिमाटि अघाडि मेडिकल चलाउदै आएका अमेरिकन जोडि संग श्रीमतीको उपचार गराउन जादा भेट भएको बागसिङ तामाङले बताएकाछन् ।

गरिबिका कारणले छोरालाई पाल्न नसक्ने भन्दै ती डाक्टर दम्पतीलाई छोरा दिएको भिडियोमा बताईएको छ । ती डाक्टर दम्पती संग छोरालाई ३/३ बर्ष नेपाल ल्याएर बुवाआमा संग भेट गराउने सहमतिमा आफुले छोरा दिएको बागसिंह तामाङले बताउनुभयो ।

छोरा सुर्य १० बर्षको हुदा सम्म भेट गर्न ल्याउने फोटो पठाउने गरेको भएपनि अहिले ३५ बर्ष भ‌ैसक्दा पनि ती डाक्टर दम्पतीले छोरालाई फिर्ता नल्याएपछि बुवाआमा रुदै मिडियामा आएकाछन् ।

आफुलाई ती अमेरिकन डाक्टरको नाम समेत थाहा नभएको ती पिडित बुवाआमाले बताउनुभयो । छोराको अहिलेसम्म केही खबर नआउदा अब म`र्ने बेला छोराको मुख हेरेर मर्ने बताउदै आएकाछन् । अमेरीकामा बस्नुहुने सम्पुर्ण नेपालिहरुले यो भिडियो सेयर गरेर ती सुर्य तामाङलाई खोज्न सहयोग गरिदिनहुन समेत आग्रह गरेकाछन् । बाकि कुराकानि ए वान टेलिभिजनका पत्रकार अमृतमान ओलिले तयार पार्नुभएको यो भिडियो रिपोर्ट हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *