गायिका शर्मिला गुरुङको जन्म दिनमा अन्तरबार्तामै चल्यो रु’वाबासी,आमा छोरी रुँ’दा शिला समेत भा’बुक

मनोरंजन समाचार

नेपाली लोकदोहोरी क्षेत्रमा सदावहार एवं बरिष्ठ गायिका हुन् शर्मिला गुरुङ । उनको आवाजमा धेरै गीतहरु सुनिसकेका छन् नेपाली लोकगीतप्रेमीहरुले । उनका सिर्जनामा मौलिकता पाइन्छ, लोकदोहोरी गीतको वास्तविक परिचय र पहिचान पाइन्छन् ।

उनले गाउने गीज गीतमा मौलिकता, यथार्थ, वास्तविकता हुन्छ । गाउँघरका शब्दलाई टपक्क टिपेर सिर्जना गर्छिन् । गीत बनाएर गाउँछिन् । त्यस्ता खाले सिर्जनाहरु सबैका मनमुटुमा बस्न सफल हुन्छन् ।

आज यिनै सुमधुर स्वरकी धनी सुप्रसिद्ध गायिकाको जन्मदिन परेको छ । उनलाई बिहानैदेखी सांगीतिक क्षेत्रका अग्रज र अनुज व्यक्तित्व लगायत धेरैले जन्मदिनको शुभकामना दिइरहेका छन् । शर्मिलाले आज आफ्नो ४३ औं जन्मदिन जन्मदिन मनाउँदैछिन् । सबैको मन मुटुमा बस्न सफल उनै गायिकालाई जन्मदिनको अवसरमा नजिकबाट चिन्ने प्रयास गरौं ।

शर्मिलाको जन्म स्याङ्जा एलादी गाविस—४ खाल्टेकी मा २०३५ साल भाद्र ४ गते भएकोहो । यसर्थ आज शर्मिलाले आज ४३ औं जन्मदिन मनाउँदैछिन् ।

शर्मिलाले रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखरामा उनले पहिलो पटक गीत गाएकी हुन् । रेडियोबाट प्रसारण हुने ‘देउराली’ कार्यक्रमबाट उनको संगीतिक यात्रा शुरु गरेको हो ।

गायिका गुरुङले २०५६ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकी थिइन् । ‘गहना’ उनको पहिलो एकल एल्बम हो । ‘गहना’ मा ‘सरर बरको छाँयालाई’, ‘फर्क मुग्लानी’ लगायत छ वटा गीत समावेश गरिएको थियो । -‘निलो पछ्यौरी’ उनको पहिलो रेर्कडिङ गीत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *